बाइबल एप लोगो
खोज आइकन

लूका 2:1-5

लूका 2:1-5 NNRV

ती दिनमा कैसर अगस्‍टसले तिनको सारा साम्राज्‍यमा जनगणना लिनू भन्‍ने हुकुम जारी गरे। कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्‍टको जनगणना थियो। सबै जना नाउँ दर्ता गराउन आफ्‍नो-आफ्‍नो सहर गए। योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्‍ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्‌।

लूका 2:1-5 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति