YouVersion लोगो
खोज आइकन

लूका 22:14-20

लूका 22:14-20 NNRV

अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्‍नुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले दुःख भोग्‍न अघि नै यो निस्‍तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्‍छा गरेको थिएँ, किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍यमा यो पूरा नहोउञ्‍जेल म यो भोज फेरि खानेछैनँ।” तब कचौरा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि उहाँले भन्‍नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़। किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य नआउञ्‍जेल अब उप्रान्‍त अङ्‍गुरको रस म पिउनेछैनँ।” अनि उहाँले रोटी लिनुभयो र धन्‍यवाद चढ़ाउनुभएपछि त्‍यो भाँच्‍नुभयो र तिनीहरूलाई यसो भन्‍दै दिनुभयो, “तिमीहरूका निम्‍ति दिइएको यो मेरो शरीर हो। मेरो सम्‍झनामा यो गर्ने गर।” यसै गरी खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा तिमीहरूका निम्‍ति बगाइएको मेरो रगतमा स्‍थापित गरिने नयाँ करार हो।

लूका 22:14-20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति