शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। ठूलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे। तिनको रूप बिजुलीजस्तो र पोशाक हिउँजस्तो सेतो थियो। तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्य भए। तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर। तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्नुभएको छ, र उहाँ तिमीहरूभन्दा अगाडि गालीलमा जाँदैहुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।” अनि तिनीहरू डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे। अकस्मात् येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, “शान्ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत् गरे। तब येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”
मत्ती 28 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 28:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू