शब्बाथपछि, हप्ताको पहिलो दिन, एकाबिहानै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए। अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एक जना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, र त्यसमाथि बसे। तिनको मुहार बिजुली चम्केजस्तो र लुगा हिँउजस्तो सेतो थियो। ती पहरेदारहरू यति साह्रो डराए कि तिनीहरू काँपे, र मरेतुल्य भए। ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु। उहाँ यहाँ हुनुहुन्न: उहाँले भन्नुभएझैँ उहाँ जीवित हुनुभएको छ। आओ, र उहाँलाई राखिएको ठाउँ हेर। तब झट्टै गई उहाँका चेलाहरूलाई यसो भनिदेओ: ‘उहाँ मरेकाहरूबाट जीवित भई उठ्नुभएको छ। अनि तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर मैले तिमीहरूलाई भनिदिएको छु।” त्यसकारण ती स्त्रीहरू डराएका भए तापनि आनन्दसाथ चिहानबाट हतार-हतार उहाँका चेलाहरूलाई खबर दिन दगुरे। अचानक येशूले तिनीहरूलाई भेट्नुभयो, र भन्नुभयो, “अभिवादन!” तिनीहरू उहाँकहाँ गए, र उहाँको पाउ पक्री उहाँलाई दण्डवत् गरे। तब येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”
मत्ती 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 28:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू