नहूम पुस्तक परिचय
पुस्तक परिचय
नहूम नाउँको अर्थ “सान्त्वना” (यहूदाको निम्ति) हो। यिनको विषयमा अरू वर्णन पाइदैन, उनी एलकोशको वासिन्दा थिए।
अश्शूर देशले ७२२-७२१ ई.पू. मा इस्राएललाई कैदमा लगे। यो कारणले यहूदा लगायत वरिपरिका राष्ट्रहरूलाई अश्शूरीहरूबाट ठूलो डर भएको थियो।
योनाले (योना ३-४ अध्यायमा) निनवेको विध्वंशको बारेमा भविष्यवाणी गरे र फलस्वरूप सम्पूर्ण निनवेवासीहरू आफ्नो पापलाई स्वीकार गर्दै परमप्रभुको अगि पश्चात्ताप गरे र परमप्रभुले तिनीहरूलाई क्षमा गर्नुभयो। तर धेरै समय नबित्दै यिनीहरू एकदमै निर्दयी, विध्वंसकारी र घमण्डी भए। ६१२ ई.पू. नहुँदै यिनीहरूको यो पापहरूले धुरी नाघ्न लाग्यो र परमप्रभुले अश्शूरीहरूलाई शत्रुहरूको हातमा सुम्पिदिनुभयो (१:१४; २:१)। नहूमको भविष्यवाणीका केही अंशहरू निनवेप्रति लक्षित छन्।
अध्याय १ मा परमेश्वरको क्रोधको वर्णन, अध्याय २ मा परमेश्वरको क्रोधको प्रकट र अध्याय ३ मा परमेश्वरको क्रोधको औचित्य नै यस पुस्तकका प्रमुख खण्डहरू हुन्।
अहिले सेलेक्ट गरिएको:
नहूम पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012