गन्ती 14:21-23

गन्ती 14:21-23 NNRV

तापनि, जस्‍तो म जीवित छु र जसरी मेरो महिमाले पृथ्‍वी भरिएको छ, मिश्र र उजाड़-स्‍थानमा मेरा महिमा र आश्‍चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्‍ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्‍नेछैन। मलाई तिरस्‍कार गर्नेले त्‍यो कहिल्‍यै देख्‍नेछैन।