भजनसंग्रह 100
100
धन्यवादको भजन
1हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।
2आनन्दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ।
3परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
4उहाँको भवनका द्वारहरूभित्र धन्यवादसाथ पस,
र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।
5किनभने परमप्रभु भला हुनुहुन्छ, र उहाँको करुणा सदाकाल रहन्छ।#१ इति १६:३४; २ इति ५:१३; ७:३; एज्रा ३:११; भज १०६:१; १०७:१; ११८:१; १३६:१; यर ३३:११ उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रही नै रहन्छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 100: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012