भजनसंग्रह 131
131
परमप्रभुमा विनम्र भरोसा
यात्राको निम्ति दाऊदको गीत
1हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्डी छैनन्। आफूले नभ्याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्झाउँदिनँ।
2तर मैले मेरो प्राणलाई स्थिर र शान्त तुल्याएको छु, आमासँग बसेर शान्त भएको बालकझैँ, आमाको दूध छोडाइएको बालकझैँ मेरो प्राण शान्त छ।
3हे इस्राएल, आज अनि सदासर्वदा परमप्रभुमा नै आशा राख्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 131: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012