YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 4

4
सहायताको निम्‍ति साँझको प्रार्थना
सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा दाऊदको भजन
1हे धार्मिक परमेश्‍वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्‌! सङ्कष्‍टमा पर्दा मलाई आश्रय दिनुहोस्‌।
ममाथि अनुग्रह गर्नुहोस्‌, र मेरो प्रार्थना सुन्‍नुहोस्‌।
2हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्‍म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्‍म तिमीहरू व्‍यर्थका कुराहरू रुचाउनेछौ र असत्‍य देवताहरूको पछि लाग्‍नेछौ? सेला
3तिमीहरूलाई थाहा होस्‌, परमप्रभुले भक्तजनहरूलाई आफ्‍नो निम्‍ति छुट्ट्याउनुभएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्‍नुहुन्‍छ।
4रीसमा पर्दा पाप नगर।#एफि ४:२६ ओछ्यानमा सुत्दा आ-आफ्‍नो हृदयभित्र तलाश गर र शान्‍त रहो। सेला
5उचित बलिदानहरू चढ़ाओ,
र परमप्रभुमा भरोसा राख।
6धेरैले सोध्‍दैछन्‌, “हामीलाई कसले केही असल कुरा देखाउन सक्‍छ?” हे परमप्रभु, तपाईंका मुहारको ज्‍योति हामीमाथि प्रकाशित गर्नुहोस्‌!
7तिनीहरूका अन्‍न र नयाँ दाखमद्यको प्रशस्‍ततामा हुने आनन्‍दभन्‍दा बढ़ी आनन्‍दले तपाईंले मेरो हृदय भर्नुभएको छ।
8शान्‍तिमा म पल्‍टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्‍नुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 4: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्