१ यूहन्ना 1
1
जीवनको वचन
1 #
यूहन्ना 1:1
सुरुदेखि नै भएका, हामीले नै सुनेका अनि आफ्नै आँखाले देखेका अनि नियालेर हेरेका र आफ्नै हातले छामेका जीवनको वचनको विषयमा हामी लेख्दै छौं। 2#यूहन्ना 1:14जब यो जीवन प्रकट भयो, हामीले देख्यौं र साक्षी दिन्छौं अनि तिमीहरूलाई पनि भन्छौं, यो अनन्त जीवन पितासँग थियो र हामीकहाँ प्रकट भयो। 3तिमीहरू पनि हामीसँग संगति गर भनेर नै हामीले जे देखेका र सुनेका छौं, त्यो तिमीहरूलाई प्रचार गर्दछौं। हाम्रो संगतिचाहिँ परमेश्वर पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। 4हाम्रो आनन्द पूरा होस् भनेर नै हामी यो लेख्दै छौं।
परमेश्वर ज्योति हुनुहुन्छ
5अब हामीले परमेश्वरका पुत्रबाट सुनेको सन्देश यही हो– परमेश्वर नै उज्यालो हुनुहुन्छ र उहाँमा रत्तिभर अँध्यारो छैन। 6हामी उहाँको संगतिमा छौं भनी भन्छौं, तर अन्धकारमा नै बस्छौं भने हामी काम-कुरा दुवैमा झूटो छौं। 7तर उहाँ उज्यालोमा हुनुभएजस्तै हामी पनि उज्यालोमा रह्यौं भने हामीहरू एक-अर्काको संगतिमा रहन्छौं अनि परमेश्वरका पुत्र येशूको रगतले हामीलाई सबै पापदेखि शुद्ध पार्छ।
8हामीले आफूमा पाप छैन भन्यौं भने हामी आफैंलाई धोखा दिन्छौं र हामीमा सत्य हुँदैन। 9तर हामीले आफ्ना पाप परमेश्वरको सामु मानिलियौं भने उहाँले हाम्रो पाप मेटिदिनुहुनेछ र सबै नराम्रा कुराबाट शुद्ध गर्नुहुनेछ किनभने उहाँ विश्वासयोग्य र न्यायी हुनुहुन्छ। 10हामीले पाप गरेका छैनौं भन्छौं भने हामी उहाँलाई झूटो ठहर्याउँछौं र उहाँको वचन हामीसँग हुँदैन।
अहिले सेलेक्ट गरिएको:
१ यूहन्ना 1: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.