१ यूहन्ना पुस्तक परिचय
पुस्तक परिचय
यूहन्नाको यो पहिलो पत्र दुई वटा उद्देश्यले लेखिएको हो। पहिले, यो पत्र पढ्नेहरूलाई परमेश्वर र उहाँका पुत्र, येशू ख्रीष्टको संगतिमा जिउन ढाडस दिनु हो। दोस्रो, यो संगति बिथोल्ने झूटो शिक्षा नमान्न तिनीहरूलाई दिइएको चेतावनी हो। शारीरिक दुनियाँसँगको मेलबाट नै खराबी जन्मन्छ र येशू, जो परमेश्वरका पुत्र हुनुहुन्छ, मानिस हुन सक्नुहुन्न भन्ने झूटो शिक्षा फैलिएको थियो। ती शिक्षकहरूले बाँच्न यस संसारको जीवनको चिन्ताबाट अलग हुनुपर्छ भनेर दाबी गर्थे र मुक्तिको लागि नैतिकता र प्रेमको आवश्यकता छैन भनेर सिकाउँथे।
यूहन्नाले यस्तो झूटो शिक्षालाई खण्डन गर्छन्। तिनले येशू ख्रीष्ट मानिस नै हुनुहुन्थ्यो भनेर स्पष्टसित बताउँछन् अनि येशूमा विश्वास गर्ने र परमेश्वरलाई प्रेम गर्ने जम्मैले एक-अर्कालाई प्रेम गर्नुपर्छ भनेर पनि तिनले जोड दिन्छन्।
संक्षिप्त विषय-सूची
परिचय १:१-४
ज्योति र अन्धकार १:५—२:२९
परमेश्वरका सन्तान र शैतानका सन्तान ३:१-२४
प्रेमको कर्तव्य ४:१-६
सत्य र झूट ४:७-२१
जित्ने विश्वास ५:१-२१
अहिले सेलेक्ट गरिएको:
१ यूहन्ना पुस्तक परिचय: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.