१ राजा 12
12
उत्तरी क्षेत्रका कुलहरूको विद्रोह
1रहबाम शकेममा गए। त्यहाँ उत्तरका सबै इस्राएली मानिसहरू तिनलाई राजा बनाउन भेला भएका थिए। 2सोलोमन राजाबाट भागेर मिश्रमा गएका नबातको छोरो यारोबामले यो कुरा सुनेर मिश्रबाट फर्किगए। 3उत्तरका इस्राएली कुलका मानिसहरूले उनलाई बोलाउन पठाए र तिनीहरू सबै मिलेर रहबामकहाँ गए र तिनलाई भने, 4“तपाईंका बुबा सोलोमनले हामीसित कठोर व्यवहार गरे र हामीलाई सताए। ती सतावटका बोझहरू तपाईंले हल्का गरिदिएर हाम्रो जीवनमा आराम दिनुभयो भने हामी तपाईंका राजभक्त प्रजा हुनेछौं।”
5रहबामले उत्तर दिए, “तीन दिनमा तिमीहरू फर्किआओ र म तिमीहरूलाई मेरो जवाफ दिनेछु।” त्यसपछि तिनीहरू बिदा भए।
6रहबाम राजाले आफ्ना पिताका सल्लाहकार रहेका बुढापाकाहरूसित सल्लाह लिए र तिनीहरूलाई सोधे, “म यिनीहरूलाई के जवाफ दिऊँ,” के सल्लाह दिन्छौ?
7तिनीहरूले जवाफ दिए, “यी मानिसहरूको सेवा असल प्रकारले तपाईं गर्न चाहनुहुन्छ भने तिनीहरूलाई तिनीहरूले चाहेको उत्तर दिनुहोस् र तिनीहरूले सदैव भक्तिसाथ तपाईंको सेवा गर्नेछन्।”
8तर ती बुढापाकाहरूका सल्लाह तिनले सुनेनन् र त्यसका सट्टामा आफूसँग बढेका युवाहरूकहाँ गए, जो त्यस बेला तिनका सल्लाहकार भएका थिए। 9तिनले सोधे, “म के गरूँ, कस्तो सल्लाह दिन्छौ? हाम्रा बोझ हल्का गरिदेऊ भनी मलाई बिन्ती गर्ने मानिसहरूलाई म के जवाफ दिऊँ?”
10तिनीहरूले जवाफ दिए, “तिनीहरूलाई यसो भन्नुहोस्– ‘मेरा पिताका कम्मरभन्दा मेरो कान्छी औँलो अलि मोटो छ। 11मेरा पिताले तिमीहरूलाई गह्रौं भारी बोकाए, म ती भारीभन्दा अझ गह्रौं भारी बोकाउनेछु। मेरा पिताले तिमीहरूलाई हलुङ्गो कोर्रा लाएथे, म घोडाको चाबुक लाउनेछु’!”
12तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबाम राजाकहाँ तिनको आदेशअनुसार आए। 13राजाले बुढा-पाकाका सल्लाह सुनेनन् र मानिसहरूलाई 14युवाहरूका सल्लाह बमोजिम रूखो उत्तर दिए। तिनले भने, “मेरा बुबाले तिमीहरूलाई गह्रौं भारी बोकाए, म अझ गह्रौं भारी बोकाउनेछु। उनले तिनीहरूलाई हलुङ्गो कोर्राले हिर्काएथे, म घोडाको चाबुक लाउनेछु!” 15शीलोका अगमवक्ता अहियाहद्वारा परमप्रभुले नबातको छोरा यारोबामलाई जे भन्नुभएको थियो, त्यो पूरा गर्ने परमप्रभुको इच्छा थियो। त्यही कारण राजाले प्रजाका बिन्तीमा केही ध्यान दिएनन्।
16 #
2 शमूएल 20:1
राजाले आफ्ना कुरा नसुनेका देखेर मानिसहरूले चिच्च्याएर भने, “दाऊद र तिनका सन्तानबाट हामीलाई के आशा? तिनीहरूले हाम्रा लागि कहिले के नै गरे र? इस्राएलीहरू हो! घर छिट्टै हिंडौं, दाऊदका सन्तानले आफ्नो घर आफैं सम्हालोस्!”
त्यसपछि इस्राएलका मानिसहरू बिदा भए। 17रहबाम यहूदा कुलका देशमा बास गर्ने मानिसहरूका मात्र राजा भए।
18तब रहबाम राजाले बेगारी मजदुरहरूमाथि अधिकृत खटाइएका अदोनीरामलाई इस्राएलीहरूकहाँ पठाए तर तिनीहरूले उनलाई ढुङ्गाले हानेर मारे। त्यसो हुँदा रहबाम हतार-हतार आफ्नो रथमा चढेर यरूशलेममा भागेर गए। 19त्यस बेलादेखि आजसम्म इस्राएलका उत्तरी देशका मानिसहरू दाऊदका राजवंशको विरुद्धमा बागी भएका छन्।
20यारोबाम मिश्रदेशबाट फर्किआएका छन् भनी इस्राएलका मानिसहरूले सुनेर तिनीहरूले तिनलाई एउटा जनसभामा बोलाए र इस्राएलका राजा बनाए। यहूदा कुलले मात्र दाऊदका सन्तानप्रति राजभक्ति देखाइरहे।
शमायाहको अगमवाणी
(२ इतिहास ११:१-४)
21जब रहबाम यरूशलेममा आइपुगे, तब उनले यहूदा र बेन्यामीन कुलबाट एक लाख असी हजार सबैभन्दा असल सैनिकहरू एकसाथ भेला गरे। युद्ध गरी इस्राएलका उत्तरी भागका कुलहरूमाथि फेरि अधिकार गर्ने तिनको इच्छा थियो। 22-23तर रहबाम अनि यहूदा र बेन्यामीन कुलका सबै मानिसहरूलाई यो सन्देश दिन परमप्रभुले शमायाह अगमवक्तालाई आज्ञा दिनुभयो– 24“आफ्नै दाजुभाइ इस्राएलका मानिसहरूमाथि हमला नगर। तिमीहरू सबै घर जाओ। जे भएको छ, त्यो मेरो इच्छाले भएको हो।” तिनीहरू सबैले परमप्रभुका आज्ञापालन गरे र तिनीहरू आफ्ना घर फर्के।
यारोबाम परमप्रभुबाट टाढा हुन्छन्
25एफ्राइमको पहाडी भू-भागमा भएको शकेम सहर यारोबाम राजाले सुरक्षित बनाए र केही समय त्यहाँ बास गरे। त्यसपछि त्यहाँबाट बिदा भई तिनले पनीएल सहर सुरक्षित बनाए। 26-27उनले मन-मनै सोचे, “अहिले जस्तो स्थिति छ, त्यसमा मेरा प्रजाले यरूशलेम गएर त्यहाँ मन्दिरमा बलि चढाए भने तिनीहरूले यहूदाका राजा रहबामप्रति आफ्ना देशभक्ति फर्काउलान् र मलाई मार्लान्।”
28 #
प्रस्थान 32:4
त्यस विषयमा विचार गरेपछि तिनले सुनका दुई वटा साँढेहरू बनाए र आफ्ना मानिसहरूलाई भने, “तिमीहरू धेरै दिनदेखि यरूशलेममा पूजा गर्न गइरहेका छौ। तर इस्राएलीहरू हो! हेर, तिमीहरूलाई मिश्रबाट निकाली ल्याउने देवताहरू यिनै हुन्।” 29उनले एउटा सुनको साँढे बेथेलमा र अर्कोचाहिँ दानमा राखे। 30यसरी मानिसहरूले पाप गरे। तिनीहरू बेथेल र दानमा पूजा गर्न जान लागे। 31यारोबामले पहाडका टाकुराहरूमाथि पनि पूजा-स्थलहरू बनाए र लेवी कुलदेखि बाहिरका परिवारहरूबाट पूजाहारी चुने।
बेथेलका पूजा-स्थलहरूमा सराप
32 #
लेवी 23:33,34 आठौँ महिनाको पन्ध्रौँ दिनमा यारोबामले यहूदामा मानिने चाडजस्तै एउटा चाड सुरु गरे। बेथेलको वेदीमा तिनले आफूले बनाएका सुनका साँढेहरूलाई बलि चढाए। आफूले बनाएका पूजा-स्थलहरूमा सेवा कार्य गर्ने पूजाहारीहरूलाई तिनले बेथेलमा राखे। 33अनि आफूले ठहराएको आठौँ महिनाको पन्ध्रौं दिनमा तिनी बेथेलमा गए र इस्राएलीहरूसित आफूले सुरु गरेका चाड मनाउँदै वेदीमा बलि चढाए।
अहिले सेलेक्ट गरिएको:
१ राजा 12: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.