१ शमूएल 12
12
शमूएलको बिदाइ-भाषण
1तब शमूएलले इस्राएलका प्रजालाई भने, “तिमीहरूले मलाई मागेजस्तै मैले गरें। मैले तिमीहरूमाथि शासन गर्न एउटा राजा दिएको छु 2र तिमीहरूको अगुवाइ गर्न तिनी तिमीहरूसित छन्। म बुढो भएँ र मेरो केश पाकिसक्यो। मेरा छोराहरू तिमीहरूसित छन्। म युवादेखि आजसम्म तिम्रा अगुवा रहेको छु। 3म उही हुँ। मैले केही भुल गरेको छु भने अहिले परमप्रभु र उहाँले चुन्नुभएको राजाको सामुन्ने मलाई दोष लगाओ। के मैले कसैको गाई वा गधा लगें? के मैले कसैलाई ठगेको वा सताएको छु? के मैले कोहीदेखि घूस लिएको छु? यदि मैले कुनै यस्तो काम गरेको छु भने मैले जे लिएको छु, त्यो म फिर्ता दिनेछु।”
4मानिसहरूले उत्तर दिए, “अँहँ, तपाईंले हामीलाई ठग्नु वा सताउनुभएको छैन, तपाईंले हामीबाट केही लैजानु भएको छैन।”
5शमूएलले उत्तर दिए, “तिमीहरूले मलाई पूर्णरूपले निर्दोष पाएका छौ भनी परमप्रभु र उहाँले चुन्नुभएको राजा आज साक्षी हुनुहुन्छ।”
“हो, परमप्रभु हाम्रा साक्षी हुनुहुन्छ।” तिनीहरूले जवाफ दिए।
6 #
प्रस्थान 6:26
शमूएलले अझै भन्दैगए, “मोशा र हारूनलाई चुन्ने र तिम्रा पुर्खाहरूलाई मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु हुनुहुन्छ। 7अब जहाँ तिमीहरू छौ, त्यहाँ खडा रहो अनि तिमीहरू र तिम्रा पुर्खाहरूलाई बचाउन परमप्रभुले गर्नुभएका प्रतापी कामहरूबारे तिमीहरूलाई याद गराएर म तिमीहरूलाई परमप्रभुको सामुन्ने दोष लगाउनेछु। 8#प्रस्थान 2:23जब याकूब र तिनका परिवार मिश्रमा गए र मिश्रीहरूले तिनीहरूलाई सताए, तिम्रा पुर्खाहरूले मद्दतको निम्ति परमप्रभुलाई पुकारे र उहाँले मोशा र हारूनलाई पठाउनुभयो। ती दुईले तिमीहरूलाई मिश्रबाट निकाली ल्याए र यस देशमा बसाए। 9#न्यायकर्ता 4:2; न्यायकर्ता 13:1; न्यायकर्ता 3:12तर मानिसहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र उहाँले पलिश्तीहरू, मोआबका राजा र हासोर सहरको सेनापति सीसरालाई तिम्रा पुर्खाहरूको विरुद्धमा लडाइँ गर्न र तिनीहरूलाई जित्न दिनुभयो। 10#न्यायकर्ता 10:10-15तब तिनीहरूले मद्दतको लागि परमप्रभुलाई पुकार्दै भने, “परमप्रभु! हामीले पाप गर्यौं किनभने हामी तपाईंबाट तर्किगयौं र बाल र अश्तोरेतका मूर्तिहरू पुज्यौं। हाम्रा शत्रुका हातबाट हामीलाई बचाउनुहोस् र हामी तपाईंलाई पुज्नेछौं!” 11#न्यायकर्ता 7:1; न्यायकर्ता 4:6; न्यायकर्ता 11:29; १ शमूएल 3:20अनि परमप्रभुले गिदोन त्यसपछि बाराक, यिप्ता र अन्तमा मलाई पठाउनुभयो। हामीहरू हरेकले तिमीहरूलाई तिम्रा शत्रुहरूबाट बचायौं र तिमीहरूले सुरक्षासाथ बास गर्यौ। 12#१ शमूएल 8:19तर जब तिमीहरूले अम्मोनका राजा नाहाशलाई आफूमाथि हमला गर्न आँटेका देख्यौ, तब तिमीहरूले परमप्रभुलाई आफ्ना राजा मान्न अस्वीकार गर्यौ र ‘हामीलाई शासन गर्न हामी एउटा राजा माग्छौं’ भनी मलाई भन्यौ।
13“तिमीहरूले रोजेका राजा अहिले यहाँ छन्। तिमीहरूले उनलाई माग्यौ र परमप्रभुले दिनुभयो। 14यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर्यौ, उहाँको सेवा गर्यौ र वचन सुन्यौ, आज्ञाहरू मान्यौ अनि तिमीहरू र तिम्रा राजाले उहाँलाई पछ्यायौ भने सबै कुरामा तिमीहरूको भलो हुनेछ। 15तर यदि तिमीहरूले परमप्रभुको वचन सुनेनौ र आज्ञाहरू पालन गरेनौ भने उहाँ तिमीहरू र तिम्रा राजाको विरुद्धमा हुनुहुनेछ। 16यसकारण अब जहाँ तिमीहरू छौ, त्यहीं खडा रहो र परमप्रभुले गर्न लाग्नुभएको महान् कार्य तिमीहरूले देख्नेछौ। 17अहिले गहुँ कटनीको समय छ, होइन त? तर म प्रार्थना गर्नेछु र परमप्रभुले मेघको गर्जन र वृष्टि पठाउनुहुनेछ। जब त्यस्तो हुन्छ, तब थाहा पाउनेछौ कि परमप्रभुलाई राजा माग्दा तिमीहरूले उहाँको विरुद्धमा कति ठूलो पाप गरेछौ।”
18यसर्थ शमूएलले प्रार्थना गरे र त्यही दिन परमप्रभुले मेघ गर्जन र वर्षा पठाउनुभयो। तब सारा प्रजाले परमप्रभु र शमूएलको डर माने 19र तिनीहरूले शमूएललाई भने, “हजुर, हाम्रा निम्ति परमप्रभु तपाईंका परमेश्वरसित प्रार्थना गरिदिनुहोस् र हामीले मर्नु नपरोस्। अब हामीलाई थाहा भयो कि हाम्रा अरू सारा पापबाहेक राजा मागेर हामीले पाप गरेका छौं।”
20शमूएलले जवाफ दिए, “नडराओ। तिमीहरूले यस्तो दुष्कर्म गरेका भए पनि परमप्रभुबाट तर्की नजाओ तर आफ्ना सम्पूर्ण हृदयले उहाँको सेवा गर। 21झूटा देवी-देवतातिर नलाग, तिनीहरूले तिमीहरूलाई मद्दत दिन वा बचाउन सक्दैनन् किनभने तिनीहरू साँचो होइनन्। 22परमप्रभुले एउटा गम्भीर प्रतिज्ञा गर्नुभएको छ र उहाँले तिमीहरूलाई त्याग्नुहुन्न किनभने उहाँले तिमीहरूलाई आफ्ना निज प्रजा बनाउने निर्णय गर्नुभएको छ। 23परमप्रभुले यस्तो हुन नदेऊन् कि तिमीहरूको निम्ति अब उसो प्रार्थना गर्न छोडेर मैले उहाँको विरुद्धमा पाप गरूँ? त्यसका सट्टामा तिमीहरूको लागि जे असल र ठीक छ, सो म तिमीहरूलाई सिकाउनेछु। 24परमप्रभुको आज्ञा मान र आफ्ना पूरा हृदयले विश्वासयोग्य भएर उहाँको सेवा गर। उहाँले तिम्रा लागि गर्नुभएका महान् कार्यहरूको सम्झना गर। 25तर यदि तिमीहरूले पाप गरिरह्यौ भने तिमीहरू तिम्रा राजासमेत नाश हुनेछौ।”
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 12: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: