१ शमूएल 13
13
पलिश्तीहरूसित लडाइँ
1शाऊल राजा हुँदा तीस वर्ष पुगेका थिए र तिनले इस्राएलमा बयालीस वर्ष राज्य गरे।
2शाऊलले तीन हजार मानिसहरू चुने र आफूसित मिकमाश र बेथेलको पहाडी देशमा दुई हजार राखे र आफ्नो छोरो जोनाथनसँग बेन्यामीन कुलको इलाकाभित्र गिबामा एक हजार पठाए। बाँकी मानिसहरूलाई शाऊलले घर फर्काइदिए।
3जोनाथनले पलिश्ती सेनापतिलाई गिबामा मारे र सबै पलिश्तीहरूले त्यो कुरा सुने। तब सारा देशभरि तुरही फुकेर हिब्रूहरूलाई लडाइँमा बोलाउन शाऊलले दूतहरू पठाए। 4शाऊलले पलिश्ती सेनापतिलाई मारे र पलिश्तीहरूले उनलाई घृणा गर्छन् भनी सबै इस्राएलीहरूलाई भनियो। यसकारण शाऊलसित गिलगालमा भेट्ने बोलावटलाई मानिसहरूले सुनेर त्यहीअनुसार गरे।
5पलिश्तीहरू इस्राएलीहरूसित लडाइँ गर्न भेला भए। तिनीहरूसित तीस हजार लडाकु रथ, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवाका कणझैँ गन्न नसकिने पैदल सिपाहीहरू थिए। तिनीहरू बेथ-आवनको पूर्वपट्टि मिकमाशमा गए र त्यहाँ छाउनी हाले। 6त्यसपछि तिनीहरूले इस्राएलीहरूलाई घोर निराशालाग्दो अवस्थामा पारे। कति इस्राएलीहरू ओडार र झाडीहरूमा वा चट्टानका बीच वा खाडल र कुवाहरूमा लुके। 7अरू इस्राएलीहरू यर्दन नदी पार गरी गाद र गिलादका इलाकामा गए।
शाऊल गिलगालमा थिए अनि तिनीसित भएका मानिसहरू डरले काँम्दै थिए। 8#१ शमूएल 10:8शमूएलले भनेअनुसार उनलाई सात दिनसम्म पर्खे; तर शमूएल गिलगालमा आइपुगेनन्। मानिसहरूले शाऊललाई छोड्न थाले। 9यसकारण तिनले मानिसहरूलाई भने, “होमबलि र मेलबलिहरू मकहाँ ल्याओ।” तिनले एउटा होमबलि गरे 10र त्यो सकिन लाग्दा शमूएल आइपुगे। शाऊल तिनलाई भेटेर स्वागत गर्न निस्किआए। 11तर शमूएलले भने, “यो तिमीले के गर्यौ?”
शाऊलले उत्तर दिए, “मानिसहरू मलाई छोडेर भागिरहेका थिए। तपाईं आफूले भनेअनुसार आइपुग्नुभएन। त्यसबाहेक पलिश्तीहरू मिकमाशमा जम्मा हुँदै छन्। 12यसकारण मैले यस्तो विचार गरें, पलिश्तीहरूले मलाई यहाँ गिलगालमा हमला गर्नेछन् र मैले परमप्रभुको कृपादृष्टि पाउने चेष्टा गरेकै छैन। यसकारण मलाई लाग्यो कि मैले एउटा होमबलि चढाउनुपर्छ।”
13“तिमीले एउटा मूर्ख काम गर्यौ,” शमूएलले जवाफ दिए, “तिमीले परमप्रभु तिम्रा परमेश्वरले दिनुभएको आज्ञापालन गरेनौ। तिमीले आज्ञा मानेको भए उहाँले तिमी र तिम्रा सन्तानलाई सदासर्वदा इस्राएलमाथि राज गर्न दिनुहुनेथियो। 14#प्रेरित 13:22तर अब तिम्रो शासन धेरै दिन चल्नेछैन। तिमीले उहाँको आज्ञा नमानेकाले परमप्रभुले आफूले चाहेको जस्तो मानिस खोज्नुहुनेछ र तिनलाई आफ्ना प्रजाका शासक बनाउनुहुनेछ।”
15शमूएल गिलगालबाट बिदा भएर आफ्नो बाटो लागे। शाऊल आफ्ना सिपाहीहरू भएकातिर गए र बाँकी रहेका मानिसहरू तिनीसित लागे। तिनीहरू गिलगालबाट बेन्यामीनको इलाकाको गिबामा गए। शाऊलले आफ्नो सेनाको टोलीको जाँच गरे, त्यहाँ प्राय: ६०० सैनिक थिए। 16शाऊल, तिनको छोरो जोनाथन र तिनीहरूसित भएका मानिसहरूले बेन्यामीनको इलाकाको गिबामा छाउनी हाले। पलिश्तीहरूको छाउनी मिकमाशमा थियो। 17पलिश्ती सिपाहीहरू तीन वटा दल बाँधेर आफ्ना छाउनीबाट छापा मार्न निस्के। एक दल शूआलको इलाकामा भएको ओप्रातिर लाग्यो। 18अर्को दल बेथ-होरोनतर्फ र तेस्रो दल जुन सिमानाबाट सबोईमको बेसी र मरुस्थल देखिन्थ्यो, त्यतातिर लागे।
19इस्राएलमा कोही लोहार थिएन किनभने पलिश्तीहरूले हिब्रूहरूलाई भाला र तरवारहरू बनाउनदेखि रोक्ने निश्चय गरेका थिए। 20(इस्राएलीहरू आफ्ना फाली, कोदालो, बन्चरो र हँसियाहरू सान लगाउन पलिश्तीहरूकहाँ जानुपर्थ्यो। 21बन्चरो उध्याउन र गोरु धपाउने अङ्कुसे मरमत गरेको एक सिक्का तिर्नुपर्थ्यो अनि हलोकोदालो उध्याउन दुई सिक्का।) 22यसकारण लडाइँ भएको दिन शाऊल र तिनको छोरो जोनाथनबाहेक अरू कुनै इस्राएली सिपाहीका हातमा तरवार वा भाला थिएन।
23मिकमाशको घाटी रक्षा गर्न पलिश्तीहरूले एक हुल सिपाहीहरू पठाए।
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 13: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: