१ शमूएल 21
21
दाऊद शाऊलदेखि भाग्छन्
1 #
मत्ती 12:3,4; मर्कूस 2:25,26; लूका 6:3 दाऊद अहीमेलेक पूजाहारीकहाँ नोबमा गए। अहीमेलेक काँम्दै तिनीकहाँ आए र भने, “तपाईं किन यहाँ एक्लै आउनुभयो?”
2“म राजाको कामले आएको छु,” दाऊदले जवाफ दिए, “मलाई के काम गर्न राजाले पठाए, त्यो कसैलाई नभन्ने हुकुम छ। मैले आफ्ना मानिसहरूलाई एउटा विशेष ठाउँमा भेट्न भनेको छु। 3तपाईंसित केही सामल-तुमल छ? मलाई पाँच वटा रोटी र अरू केही छ भने दिनुहोला।”
4पूजाहारीले भने, “मसित साधारण रोटी त छैन। केवल पवित्र रोटी मात्र छन्। तपाईंका मानिसहरूले हालैमा स्त्रीसित सम्भोग गरेका छैनन् भने तपाईं ती लिन सक्नुहुन्छ।”
5“तिनीहरूले स्त्री छोएका छैनन्”, दाऊदले उत्तर दिए, “साधारण काममा जाँदा त मेरा मानिसहरू विधिअनुसार पवित्र रहन्छन् भने यस्तो विशेष काममा हिँड्दा झन् पवित्र रहेका छन्!”
6 #
लेवी 24:5-9
यसकारण पूजाहारीले दाऊदलाई पवित्र रोटी दिए किनभने तिनीसित परमेश्वरलाई चढाएको रोटी मात्र थियो। रोटी पवित्र टेबिलबाट हटाइएका थिए र ताजा रोटी टेबलमा फेरि राखिएका थिए।
7(शाऊलको मूल गोठालो एदोमको दोएग त्यो दिन संयोगले त्यहाँ थियो किनभने त्यसले कुनै एउटा धार्मिक कर्तव्य पूरा गर्नुपर्थ्यो।)
8दाऊदले अहीमेलेकलाई भने, “के तपाईंसित मलाई दिन एउटा भाला र तरवार होला? राजाका आज्ञाले म यति हतारसित आउनुपर्यो कि मैले तरवार वा अरू कुनै हतियारसम्म लिएर हिंड्ने समय पाइनँ।”
9 #
१ शमूएल 17:51
अहीमेलेकले उत्तर दिए, “पलिश्ती गोल्यत, जसलाई तपाईंले एलाहको बेसीमा मार्नुभएको थियो, त्यसको तरवार मसित छ। त्यो लुगामा बेरेर एपोदको पछिपट्टि छ। लानुहुन्छ भने, त्यो मात्र एउटा हतियार यहाँ छ?”
“त्यो मलाई दिनुहोस्,” दाऊदले भने, “त्योभन्दा असल तरवार अरू कतै छैन!”
10यसरी शाऊलदेखि भागेर दाऊद गातका राजा आकीशकहाँ गए। 11#१ शमूएल 18:7; 29:5राजाका भारदारहरूले आकीशलाई सोधे, “के यिनी दाऊद होइनन्? यिनी त आफ्नै देशमा राजा छन्। यिनकै बारेमा स्त्रीहरूले नाच्दै यसरी गाएका थिए, ‘शाऊलले हजार-हजारलाई मारे तर दाऊदले लाख-लाखलाई मारे।”
12 #
भजनसंग्रह 56
तिनका वचनले दाऊदमा एउटा गहिरो प्रभाव पार्यो र उनी आकीश राजासित औधी डराए। 13#भजनसंग्रह 34यसकारण तिनीहरू छेउमा हुँदा दाऊद पागल भएको बहाना गर्थे र तिनीहरूले रोक्दा तिनले बहुलाकै बहाना गर्थे। तिनी सहरका पर्खालमा लेखिहिंड्थे र दाह्रीमा राल चुहाउँथे। 14आकीशले आफ्ना भारदारहरूलाई भने, “हेर, त्यो मानिस बहुला भएको छ! किन त्यसलाई मकहाँ ल्यायौ? 15के मसित प्रशस्तै बहुलाहरू छैनन् र? किन अर्कालाई लिई आउँछौ र त्यसले मेरा घरमा बहुलाको काम गरेर मलाई दिक्क पार्छ।”
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 21: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.