२ राजा 12
12
यहूदाका राजा योआश
(२ इतिहास २४:१-१६)
1इस्राएलका राजा येहूका राजकालको सातौँ वर्षमा योआश यहूदाका राजा भए र उनले चालीस वर्ष यरूशलेममा राज्य गरे। उनकी आमा बेर्शेबा सहरकी सिब्या थिइन्। 2आफ्नो जीवनभरि उनले परमप्रभुलाई खुसी पार्ने काम गरे किनभने यहोयादा पूजाहारीले त्यस्तो शिक्षा दिएका थिए। 3तापनि मूर्तिपूजकहरूको पूजा-स्थल भत्काइएनन् र मानिसहरूले त्यहाँ बलि चढाउन र धूप बाल्न छोडेनन्।
4 #
प्रस्थान 30:11-16
योआशले पूजाहारीहरूलाई बोलाए र परमप्रभुको मन्दिरमा सधैँ तोकिएको भेटी, आफ्नो भाकलको भेटी तोकिएको दाम र राजीखुसीले चढाएका सबै धन जम्मा गर्ने आज्ञा दिए। 5आफूले ज-जसको सेवा गर्थे, तिनीहरूले ल्याएका धनको निम्ति हरेक पूजाहारी जिम्मेवार थिए र आवश्यकताअनुसार मन्दिर मरमत गर्न त्यो धन खर्च गरिन्थ्यो।
6तर योआशका राज्यकालको तेईसौं वर्षसम्म पूजाहारीहरूले मन्दिरको केही मरमत गरेका थिएनन्। 7यसकारण उनले यहोयादा र अरू पूजाहारीहरूलाई बोलाएर सोधे, “तिमीहरू किन मन्दिर मरमत गर्दैनौ? अब उसो पाएका पैसा आफैं नराख्नू र बुझाइहाल्नू र मरमतको काम हुनुपर्छ।” 8पूजाहारी त्यसमा राजी भए र आफैंले मन्दिर मरमत गर्न राजी भए।
9यहोयादाले एउटा सन्दुक लिएर त्यसको ढकनीमा प्वाल पारे र परमप्रभुको मन्दिरमा पस्दा दाहिनेपट्टि पर्ने वेदीको छेउमा राखे। परमप्रभुको मन्दिरको ढोकामा सेवा गर्ने पूजाहारीहरूले त्यस सन्दुकमा भक्तहरूले दिएका पैसा हाल्थे। 10सन्दुकमा धेरै धन भरिएपछि राजकीय अधिकारी र मुख्य पूजाहारी आउँथे र पैसा गनेर थैलामा भर्थे। 11त्यसको ठीक हिसाब लिएपछि तिनीहरूले परमप्रभुको मन्दिरमा काम गर्नेहरूका हातमा धन दिन्थे अनि तिनीहरूले त्यसबाट मन्दिर बनाउनेहरू, सिकर्मीहरू 12र डकर्मीहरू, ढुङ्गा काट्नेहरूका ज्याला दिन्थे, परमप्रभुको मन्दिरको मरमतको काममा लाग्ने काठपात र ढुङ्गाहरू किन्थे र अरू सबै चाहिने खर्च गर्थे। 13तर चाँदीका कचौरा, डबका, तुरही वा पानससित चलाउने औजार वा अरू कुनै चाँदी वा सुनका सामान बनाउने काममा त्यस धनबाट खर्च गरिंदैनथ्यो। 14त्यो सबै धन काम गर्नेहरूलाई ज्याला दिन र मरमतको लागि चाहिने चीजबीज किन्न मात्र खर्च गरिन्थ्यो। 15#२ राजा 22:7कामको जिम्मा लिने कारिन्दाहरू सम्पूर्ण इमानदार थिए र तिनीहरूबाट खर्च भएको धनको हिसाब लिने दरकार हुँदैनथ्यो। 16#लेवी 7:7पापबलि र दोषबलिका रूपमा दिइएको धन त्यस परमप्रभुको मन्दिरमा जम्मा गरिंदैनथ्यो। त्यस्ता भेटीचाहिँ पूजाहारीहरूको हुन्थ्यो।
17त्यस बेला अरामका राजा हजाएलले गात सहरमाथि हमला गरे र जिते। त्यसपछि तिनले यरूशलेममाथि चढाइ गर्ने निर्णय गरे। 18योआश राजाले आफ्ना बुबा अहज्याह, बाजे योराम र बराजु यहोशापातले परमप्रभुलाई अर्पण गरेका सबै भेटीहरू लिएर त्यसमा आफ्नै भेटी र मन्दिर र राजमहलका भण्डारमा भएका सबै सुन थपे र ती सबै हजाएल राजालाई उपहार पठाइदिए। त्यसपछि हजाएलले आफ्नो सेना यरूशलेमबाट हटाएर लगे। 19योआश राजाले गरेका अरू सबै कामको बयान यहूदाका राजाका इतिहामा लेखिएको छ।
20-21योआश राजाका अधिकृतहरूले उनका विरुद्धमा जाल गरे र तीमध्ये दुई जना शिम्मतको छोरो योजाबाद र शोमेरको छोरो यहोजाबादले उनलाई मारे। सिल्लातिर जाने बाटोमा यरूशलेमको पूर्वपट्टि माटो भरेर अग्लो बनाएको भूमिमाथि बनेको घरमा योआशको हत्या भयो। उनी दाऊदको सहरमा राजाहरू गाडिने चिहानमा गाडिए अनि उनका छोरा अमस्याह राजा भए।
अहिले सेलेक्ट गरिएको:
२ राजा 12: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: