आमोस 1
1
1 #
२ राजा 15:1-7; २ इतिहास 26:1-23;
२ राजा 14:23-29
तको सहरबाट आएका गोठाला आमोसले भूइँचालो गएको दुई वर्षअघि भनेका कुरा यी नै हुन्। त्यस बेला यहूदाका राजा उज्जियाह र इस्राएलका राजा येहोआशको छोरा यारोबाम थिए। परमेश्वरले आमोसलाई इस्राएलबारे यी सबै कुरा प्रकट गर्नुभयो।
2 #
योएल 3:16
आमोसले भने,
“सियोन पहाडबाट परमप्रभु
गर्जनुहुन्छ,
यरूशलेमबाट उहाँको सोर आकाशको गर्जनझैँ निस्कन्छ।
गाई-वस्तु चर्ने चउरहरू
सुकिजान्छन्
र कर्मेल डाँडाका घाँसपात ओइलिजान्छन्।”
इस्राएलका छिमेकी देशहरूमाथि परमेश्वरको न्याय
सिरिया
3 #
यशैया 17:1-3; यर्मिया 49:23-27; जकरिया 9:1 परमप्रभु भन्नुहुन्छ, “दमस्कसका मानिसहरूले घरिघरि पाप गरेका छ यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले गिलाद देशका मानिसहरूलाई निर्दयतापूर्वक फलामको दाँतेले पेलेर धुलोपिठो पारेका छन्। 4यसर्थ म हजाएल राजाको दरबारमा आगो लगाईदिनेछु र बेन-हुदद राजाका किल्लाहरू भस्म पारिदिनेछु। 5म दमस्कस सहरका ढोकाहरू ध्वंस पार्नेछु, आवनको बेसीका बासिन्दाहरू र बेथ-अदनको शासकलाई त्यहाँबाट हटाउनेछु। अरामवासीहरू कैद गरी कीर देशमा लगिनेछन्।”
पलिश्त देश
6 #
यशैया 14:29-31; यर्मिया 47:1-7; इजकिएल 25:15-17; योएल 3:4-8; सपन्याह 2:4-7; जकरिया 9:5-7 परमप्रभु भन्नुहुन्छ, “गाजा सहरका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नैछैनँ। तिनीहरूले एउटा समुदायका जम्मै मानिसहरूलाई कैद गरी लगे र एदोमीहरूकहाँ कमारा बनाई बेचिदिए। 7यसर्थ म गाजा सहरका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु। 8अश्दोद र अश्कलोन सहरका शासकहरूलाई म हटाउनेछु। म एक्रोन सहरलाई दण्ड दिनेछु र बाँकी रहेका सबै पलिश्तीहरू मारिनेछन्।”
टुरोस
9 #
यशैया 23:1-18; इजकिएल 26:1—28:19; योएल 3:4-8; जकरिया 9:1-4; मत्ती 11:21,22; लूका 10:13,14 परमप्रभु भन्नुहुन्छ, “टुरोसका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले एउटा समुदायका सबै मानिसहरूलाई कैद गरी एदोममा लगे र आपसमा बाँधेका मित्रताको सन्धि तोडे। 10यसर्थ म टुरोसका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु।”
एदोम
11 #
यशैया 34:5-17; 63:1-6; यर्मिया 49:7-22; इजकिएल 25:12-14; 35:1-15; ओबदिया 1:1-14; मलाकी 1:2-5 परमप्रभु भन्नुहुन्छ, “एदोमका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले आफ्ना इस्राएली दाजुभाइहरूको खेदो गरे र केही दया देखाएनन्। तिनीहरूको रिस दन्कि नै रह्यो र कहिल्यै मरेन। 12यसर्थ म तेमान सहरमा आगो लगाइदिनेछु र बोज्राका किल्लाहरू भस्म पारिदिनेछु।”
अम्मोन
13 #
यर्मिया 49:1-6; इजकिएल 21:28-32; 25:1-7; सपन्याह 2:8-11 परमप्रभु भन्नुहुन्छ, “अम्मोनका मानिसहरूले घरिघरि पाप गरेका छन् र म तिनीहरूलाई दण्ड नदिई छोड्नैछैनँ। तिनीहरूले आफ्नो साँध-सिमाना बढाउन लडाइँ गर्दा गिलाद देशका गर्भवती स्त्रीहरूको पेट पनि चिरिदिए। 14यसकारण म रब्बा सहरका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु। लडाइँको दिनमा ठूलो हो-हल्ला हुनेछ र प्रचण्ड भूमरी चलेको दिनमा झैँ लडाइँ हुनेछ। 15तिनीहरूका राजा र भारदारहरू कैद गरेर लगिनेछन्।”
अहिले सेलेक्ट गरिएको:
आमोस 1: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: