YouVersion लोगो
खोज आइकन

उपदेशक 4:9-12

उपदेशक 4:9-12 सरल नेपाली

एकभन्दा दुई असल हो किनभने तिनीहरू मिलेर अझ बढी काम गर्न सक्‍छन्‌। एउटा लड्दा अर्काले उठाउन सक्‍छ। तर एक्‍लो मानिस लड्यो र उसलाई उठाउने कोही भएन भने उसको अवस्था कस्तो विजोग हुन्छ! जाडोमा दुई जना सँगै सुत्‍न सके न्‍यानो हुन्‍छ तर एक्लै कसरी न्‍यानो हुन सक्‍छ र? एक्लो मानिसले थाम्‍न नसक्‍ने आक्रमण दुई जनाले थाम्‍न सक्‍छन्। तीन सुताले बाटेको डोरी चुँडाउन गाह्रो पर्छ।

उपदेशक 4 पढ्नुहोस्