YouVersion लोगो
खोज आइकन

इजकिएल 35

35
एदोममाथि परमेश्‍वरको दण्‍ड
1 # यशैया 34:5-17; 63:1-6; यर्मिया 49:7-22; इजकिएल 25:12-14; आमोस 1:11,12; ओबदिया 1:1-14; मलाकी 1:2-5 परमप्रभु मसित बोल्‍नुभयो। 2उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, एदोम देशको विरुद्धमा बोल्। 3म सार्वभौम परमप्रभु के भन्‍दछु, त्‍यहाँका मानिसहरूलाई यो सुना:
हे एदोमका पर्वतहरू हो,
म तिमीहरूका शत्रु हुँ,
म तिमीहरूलाई उराठलाग्‍दो उजाड-स्‍थान बनाउनेछु।
4तिमीहरूका सहरहरूलाई नाश पार्नेछु
र देशलाई उजाड पार्नेछु।
तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।
5“तँ सदाको इस्राएलको शत्रु भइस् र त्‍यसका विपत्तिका दिन र पापको अन्‍तिम दण्‍डको समयमा त्‍यसका प्रजालाई नाश हुन दिइस्। 6यसकारण म सार्वभौम परमप्रभु जीवित परमेश्‍वर हुँ भन्‍ने स्‍वयम् साक्षी राखी भन्‍दछु, तेरो भागमा मरण छ र तँ उम्‍कनेछैनस्। तैँले हत्‍या गरेको अपराधको कारण हत्‍याले तँलाई पछ्याउनेछ। 7म सेइरका पहाडी देशलाई ध्‍वस्‍त पार्नेछु र त्‍यहाँबाट भएर जानेहरूलाई एक-एक गरी मार्नेछु। 8म पहाडहरू लाशले भरिदिनेछु र लडाइँमा मारिनेहरूका मृत-शरीरहरूले डाँडाहरू र बेसीहरू भरिनेछन्। 9म सधैँभरिको निम्‍ति तँलाई उराठलाग्‍दो बनाउनेछु र तेरा सहरहरूमा कोही पनि फेरि बास गर्नेछैनन्। तब म नै परमप्रभु हुँ भनी तैँले जान्‍नेछस्।
10“म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँदा-हुँदै पनि यहूदा र इस्राएल, यी दुई जातिहरू र तिनीहरूका देश मेरो अधिकारमा ल्‍याउनेछु र मेरो हुनेछ भनी तैँले भनिस्। 11यसकारण म सार्वभौम परमप्रभु जीवित परमेश्‍वर हुँ भन्‍ने स्‍वयम् साक्षी राखी भन्‍दछु, तैँले मेरा प्रजाको विरुद्धमा राखेको रिस, ईर्ष्‍या, घृणाको निम्‍ति तँसित बदला लिनेछु। तिनीहरूका विरुद्धमा तैँले गरेका कामहरूको निम्‍ति मैले तँलाई दण्‍ड दिंदै छु भनी तिनीहरूले जान्‍नेछन्। 12तैँले हेलचेक्‍र्‌याइँ गरेर इस्राएलका पर्वतहरू उराठलाग्‍दा भए र ती नाश पारिनलाई मेरो हातमा परेको छ भनेको कुरा म परमप्रभुले सुनेको छु भनेर तैँले जान्‍नेछस्। 13तैँले मेरो विरुद्धमा घमण्‍डसाथ जथाभाबी बोलेका कुरा मैले सुनेको छु।”
14सार्वभौम परमप्रभु भन्‍नुहुन्‍छ, “म तँलाई यस्‍तो उजाड पार्नेछु कि तेरो दशा देखेर सारा संसार रमाउनेछ। 15जसरी मेरो निज धन इस्राएलको विनाश हुँदा तँ रमाएको थिइस्, त्‍यसरी नै संसार तँलाई देखेर रमाउनेछ। सेइर पर्वतहरू, सम्‍पूर्ण एदोम देश उजाड हुनेछ। तब परमप्रभु म नै हुँ भनी हरेकले जान्‍नेछन्‌।”

अहिले सेलेक्ट गरिएको:

इजकिएल 35: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्