यशैया 57
57
इस्राएलका मूर्तिपूजाहरूमाथि दण्ड
1धर्मी मानिसहरू नष्ट हुन्छन् र त्यस कुरा कसैले वास्ता गर्दैन। भक्त मानिसहरू उठाई लगिन्छन् तर कसैले बुझ्दैन कि दुष्टदेखि जोगाइनलाई धर्मी मानिसहरू उठाई लगिन्छन्। 2ज-जसले असल जीवन बिताउँछन्, तिनीहरूले मरेपछि शान्ति र आराम पाउँछन्।
3हे टुनामुना गर्नेहरूका छोरा-छोरीहरू, व्यभिचारीहरूका र वेश्याहरूका सन्तानहरू हो, तिमीहरू न्यायको निम्ति यहाँ आओ। 4तिमीहरूले कसलाई ठट्टा गर्दछौ? तिमीहरू झूट बोल्नेहरूले कसको गिल्ला गर्दछौ? 5तिमीहरूले रूखहरूको मुन्तिर स्त्रीसम्भोगको इच्छा पूरा गर्दछौ र आफ्ना छोरा-छोरीलाई खोलाको फेदको चट्टानका गुफाहरूमा बलि चढाउँछौ। 6त्यहाँका चिल्ला ढुङ्गाहरू देवता बनाई पूजा गर्न बटुल्छौ। के ती सबैले मलाई खुसी पार्छ भन्ठान्छौ? 7तिमीहरू अग्ला पहाडहरूमा बलि चढाउन र स्त्री-सम्भोग गर्न जान्छौ। 8घरका अघिल्ला ढोकाहरूमा तिम्रा फोहोर मूर्तिहरू राख्छौ। तिमीहरूले मलाई त्याग्छौ, लुगा फुकालेर तिम्रा ठूल्ठूला पलङ्गमा आफ्ना प्रेमीलाई साथमा लिई बस्छौ। ती स्त्रीहरूलाई आफूसित सुत्नलाई पैसा दिन्छौ र त्यहाँ तिमीहरू स्त्री-सम्भोगको इच्छा पूरा गर्छौ। 9तिमीहरू सुगन्धित तेल र लेप घसेर मोलेख देवताको पूजा गर्न जान्छौ। पूजा गर्नलाई देवता खोज्न तिमीहरू चारैतिर टाढा-टाढासम्म, पातालमा समेत मानिसहरू पठाउँछौ। 10अरू देवताहरूको खोजी गर्दा-गर्दा तिमीहरू थाकिसक्छौ र पनि ती खोज्न छोड्दैनौ। तिमीहरूका घिनलाग्दा मूर्तिहरूले बल दिन्छ र तिमीहरू कहिल्यै कमजोर हुनेछैनौ भनी ठान्दछौ।
11परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई डरमा पार्ने यी देवताहरू को हुन् र तिमीहरू मलाई झूटा कुरा भन्छौ र मलाई पूर्णरूपमा भुल्दछौ? के म यसबारे चुप लागी बस्न नसकेको हुनाले मलाई तिमीहरूले आदर गर्न छोडेका हौ? 12हामी जे गर्दछौं, ठीक छ भनी तिमीहरू ठान्छौ तर म तिमीहरूको चाला उदाङ्गो पार्नेछु र तिम्रा कामहरूले तिमीहरूलाई सहायता गर्न सक्नेछैनन्। 13तिमीहरूले मद्दतको लागि पुकार गर्दा, तिम्रा मूर्तिहरूले तिमीहरूको बचाउ गरून्। हावाको एक झोक्काले तिमीहरूलाई उडाई लैजानेछ। तर ममाथि भरोसा राख्नेहरूचाहिँ देशमा बास गर्नेछन् र मेरो मन्दिरमा मलाई पुज्नेछन्।”
स्वास्थ्य र सहायताको निम्ति परमेश्वरको प्रतिज्ञा
14परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजाहरूका बाटोका सबै बाधा-विघ्नहरू हटाओ र मकहाँ फर्कोस्! बाटो बनाओ, तयार बनाओ!
15“म उच्च, पवित्र र सनातनको परमेश्वर हुँ। म अग्लो र पवित्रस्थानमा बास गर्छु तर म नम्र र पश्चात्ताप गर्ने मानिसहरूसित पनि बास गर्दछु। त्यसरी म तिनीहरूका आशा र भरोसा फेरि जगाउन सक्दछु। 16मैले मेरा मानिसहरूलाई जीवन दिएँ र सदाकालको निम्ति म तिनीहरूसित रिसाउने र तिनीहरूलाई दोष दिइरहनेछैनँ। 17तिनीहरूका पापले गर्दा म तिनीहरूसित रिसाएँ र तिनीहरूलाई दण्ड दिएँ र त्यागें। तर तिनीहरू ढीट अटेरी भएर आफ्ना कुमार्गमा लागिरहे।
18“म तिमीहरूलाई निको पार्नेछु। म तिनीहरूलाई अगुवाइ र सहायता दिनेछु, विलाप गर्नेहरूलाई सान्त्वना दिनेछु। 19#एफिसी 2:17म सबैलाई, टाढा र नजिकका सबैलाई शान्ति दिँदछु! म मेरा प्रजालाई निको पार्नेछु। 20तर दुष्ट मानिसहरू छाल उठिरहने र फोहोर कुराहरू बगाइल्याइरहने चञ्चल समुद्रझैँ हुन्छन्। 21#यशैया 48:22पापीहरूको लागि कुनै सुख-शान्ति हुनेछैन,” परमप्रभु भन्नुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
यशैया 57: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: