यशैया 58
58
साँचो उपवास
1परमप्रभु भन्नुहुन्छ, “चर्को सोरले कराओ! मेरा प्रजा इस्राएललाई तिनीहरूका पापबारे भन! 2तिनीहरूले दिनहुँ मेरो आराधना गर्छन्। मेरो मार्ग जान्न र मेरा व्यवस्था पालन गर्न उत्सुक छौ भनी तिनीहरूले देखाइटोपल्छन्। तिनीहरूले मसित ठीक न्याय चाहन्छन्, परमेश्वर तिनीहरूको नजिक आऊन् भन्ने तिनीहरू इच्छा देखाउँछन्।”
3मानिसहरू प्रश्न गर्छन्, “परमप्रभुले देख्नुहुन्न भने हामी किन उपवास बस्नु? उहाँले हामीतिर नजर राख्नुहुन्न भने किन हामीले खान छोड्ने?”
परमप्रभु तिनीहरूलाई भन्नुहुन्छ, “साँचो कुरा यो हो कि तिमीहरूले उपवास राखेकै बेला तिमीहरूले आफ्ना स्वार्थ सिद्ध गर्छौ र आफ्ना कामदारहरूलाई थिचो-मिचो गर्छौ। 4तिमीहरूका उपवासले त तिमीहरूलाई झन् साह्रो झगडा गर्ने र आपसमा लड्ने बनाउँछ। के यस प्रकारका उपवासले गर्दा म तिनीहरूको प्रार्थना सुन्नेछु भन्ठान्छौ? 5जब तिमीहरू उपवास बस्छौ, तिमीहरूले आफैंलाई दु:ख दिन्छौ, निगालोलेझैँ तिमीहरूले आफ्ना शिर निहुराउँछौ र शरीरलाई खरानी घसेर भाङ्ग्रा ओढाउँछौ? के त्यसैलाई उपवास भन्छौ? के त्यसैले मलाई खुसी पार्छ भनी सम्झन्छौ?
6“म यस्तो प्रकारको उपवास चाहन्छु: अत्याचारका साङ्ला र अन्यायका जुवा तोडिदेऊ र अत्याचारमा परेकाहरूलाई फुक्का गरिदेऊ। 7#मत्ती 25:34भोकाउनेसित आफ्नो भोजन बाँडिखाऊ र घर नभएका गरीबलाई आफ्नो घर खोलिदेऊ। नाङ्गाहरूलाई कपडा देऊ र आफ्ना नातेदारहरूलाई सहायता गर्न इन्कार नगर।
8“तब बिहानको घामझैँ मेरो कृपाको ज्योति तिमीहरूमाथि चम्कनेछ र तिम्रा चोटहरू छिट्टै निको हुनेछन्। म तिमीहरूका बचाउको निम्ति सधैँ तिमीहरूका साथमा हुनेछु, मेरो महिमाले तिमीहरूलाई चारैपट्टिबाट रक्षा गर्नेछ। 9तिमीहरूले प्रार्थना गर्दा म जवाफ दिनेछु। मलाई पुकार गर्दा म जवाफ दिनेछु।
“तिमीहरूले अत्याचार, अवहेलना र मुखका हरेक दुष्ट बोली छोड्यौ भने, 10भोकालाई खुवायौ र अत्याचारमा परेकाहरूको खाँचो पूरा गरिदियौ भने तिमीहरूको चारैपट्टिको अन्धकार बदलिएर मध्यदिनको उज्यालोझैँ हुनेछ। 11अनि म सदा तिमीहरूको अगुवाइ गर्नेछु र असल कुराले तृप्त गराउनेछु। म तिमीहरूलाई स्वस्थ र तन्दुरुस्त राख्नेछु। पुग्दो पानी पाएको बगैँचाझैँ, कहिले नसुक्ने फोहोराझैँ तिमीहरू हुनेछौ। 12तिम्रा मानिसहरूले धेरै दिनदेखि ध्वस्त भएका ठाउँ फेरि बनाउनेछन्; पुरानो जगमाथि नै फेरि बनाउनेछन्। तिमीहरूलाई पर्खाल फेरि बनाउने अनि भत्केका घरहरू बनाउने जाति हो भनी चिन्नेछन्।”
शबाथ-दिनलाई पवित्र मान्नू
13परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले विश्राम-दिनलाई पवित्र राख्यौ र त्यस दिन आफ्ना स्वार्थका कुराको खोजी गरेनौ भने, मेरो पवित्र दिनको कदर गर्यौ र त्यस दिन यात्रा र काम गर्न वा बेकामको कुरा गर्न छोडी त्यस दिनलाई आदर गर्यौ भने 14ममा आनन्द पाउनेछौ, म तिमीहरूलाई सारा संसारमा इज्जत दिनेछु र मैले तिमीहरूका पुर्खा याकूबलाई दिएको देशमा तिमीहरूले आनन्द गर्नेछौ। म परमप्रभुले यो भनेको छु।”
अहिले सेलेक्ट गरिएको:
यशैया 58: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: