याकूब 1
1
1 #
मत्ती 13:55; मर्कूस 6:3; प्रेरित 15:13; गलाती 1:19 प्रभु येशू ख्रीष्ट र परमेश्वरको कमारो म याकूबले यो पत्र चारैतिर भएका इस्राएलका बाह्रै कुललाई लेख्दै छु। तिमीहरूलाई मेरो अभिवादन छ।
विश्वास र बुद्धि
2मेरा भाइहरू, हरप्रकारका जाँच आइपर्दा आनन्दित होओ। 3तिमीहरू जान्दछौ, जब तिमीहरूको विश्वासको जाँच हुन्छ, तिमीहरूको सहने शक्ति बढ्छ। 4तर कुनै कुरामा पनि नचुकी परिपक्व र सिद्ध हुन ती जाँचहरू सहँदै स्थिर भएर बस्न सिक्ने गर। 5तिमीहरूमा कसै-कसैलाई बुद्धिको खाँचो छ भने परमेश्वरसँग माग र बुद्धि पाउनेछौ किनभने परमेश्वरले नअन्कनाई सबैलाई प्रशस्त गरिदिनुहुनेछ। 6तर माग्दा शङ्का नगरी विश्वास राखेर माग्नुपर्छ। शङ्का गर्ने मानिस त हावाको भरमा चल्ने समुद्रको छालजस्तै हो। 7त्यस्ता मानिसले त प्रभुबाट कुनै कुरा पाउँछु भनेर नचिताए पनि हुन्छ। 8यस्तो मानिस दोधारे मन भएको र सबै कुरामा चञ्चले हुन्छ।
गरीबी र धन
9गरीब अवस्थामा भएका भाइहरू हो, जब तिमीहरूको दिन सुध्रन्छ, त्यस बेला तिमीहरू खुसी होओ। 10#यशैया 40:6,7त्यसै गरी धनी भाइहरूले गरीब हुनुपर्दा पनि खुसी होऊ किनभने धनी त ओइलिजाने जङ्गली फूलजस्तै हुन्। 11घाम लागेर खडेरी पर्दा फूलको बोटै सुकेर मर्छ। त्यसै गरी काम-काजको जन्जालमा धनको मालिकले पनि आफ्नो जीवन गुमाउँछ।
12जाँचको बेलामा टिक्न सक्ने मानिस नै धन्यको हो। दु:खमा स्थिर रहनेले नै परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले प्रतिज्ञा गर्नुभएको जीवनको मुकुट पाउनेछ। 13यस्तो जाँचमा पर्दा कसैले पनि मलाई परमेश्वरले परीक्षा गर्नुभयो नभनोस्। परमेश्वर दुष्ट कुराको परीक्षामा पर्नुहुन्न र उहाँले अरूलाई पनि परीक्षामा पार्नुहुन्न। 14प्रत्येक मानिस आफ्नै खराब इच्छाले बरालिएर परीक्षामा पर्छ। 15यसैकारण आफ्नो खराब इच्छाले पाप जन्माउँछ। त्यही पाप पूरा बढेर मृत्यु ल्याउँछ।
16प्रिय भाइहरू, तिमीहरूले आफैंलाई धोखा नदेओ। 17हरेक उत्तम र सिद्ध दान माथिबाट आउँछ। आकाश मण्डलमा ज्योतिहरू सृजना गर्नुहुने परमेश्वरबाट यी दान आउँछन्। उहाँ कहिले फेरिनुहुन्न, उहाँ नता बदलिने छायाजस्तो हुनुहुन्छ। 18हामी सृष्टिका पहिला फलहरूजस्तै हुन सकौं भनेर उहाँले आफ्नै इच्छाद्वारा सत्य वचनले हामीलाई सिर्जनुभएको छ।
सुन्नु र गर्नु
19मेरा प्यारा भाइहरू, यो कुरा तिमीहरू सम्झिराख। सुन्नमा चनाखो, बोल्नमा होशियार र कम रिसाउने होओ 20किनभने मानिसको रिसले परमेश्वरको मनपर्ने काममा बाधा दिन्छ। 21यसकारण सबै यस्ता नराम्रा स्वभाव र घिनलाग्दा बानीबाट अलग होओ। नम्र भएर तिमीहरूका हृदयमा राखिएका परमेश्वरका वचनलाई आफ्नो पार किनभने तिमीहरूलाई जोगाउने त त्यसैले हो।
22तर यो वचन पालन गर्ने होओ, आफूलाई धोखा दिंदै सुन्ने मात्र होइन। 23वचन सुन्ने तर पालना नगर्नेचाहिँ ऐनामा आफ्नो अनुहार हेर्ने मान्छेजस्तै हो। 24उसले ऐनामा हेरुञ्जेल आफ्नो अनुहार देख्छ, हेर्न छोडेपछि आफू कस्तो थिएँ भन्ने झट्टै बिर्सिहाल्छ। 25तर जसले मानिसहरूलाई छुटकारा दिने सिद्ध नियम सुनेर भुलिहाल्दैन तर नियालेर हेरी ध्यान लगाउँछ अनि पालन गर्छ, त्यसका सबै काममा परमेश्वरले आशिष् दिनुहुन्छ।
26कसैले आफूलाई धर्मी सम्झिन्छ, तर आफ्नो जिब्रोचाहिँ तह लाउँदैन भने उसले आफैंलाई धोखा दिन्छ अनि उसको धर्म-कर्म व्यर्थै हुन्छ। 27परमेश्वर पितालाई मनपर्दो साँचो धर्म-कर्मचाहिँ दु:खमा परेका विधवा र टुहुरा-टुहुरीको हेर-विचार गर्नु अनि संसारका नराम्रा कुराबाट अलग रहनु हो।
अहिले सेलेक्ट गरिएको:
याकूब 1: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: