याकूब 2
2
पक्षपातको विरुद्धमा चेतावनी
1तिमीहरू सम्मान्ले भरिएको प्रभु हाम्रा येशू ख्रीष्टलाई विश्वास गर्नेहरू भएका हुनाले तिमीहरूले बाहिरी रूप हेरेर कसैको पनि पक्षपात नगर। 2तिमीहरू भेला भएका ठाउँमा राम्रा-राम्रा लुगा र सुनका औँठी लाउने धनी मान्छे अनि अर्को थोत्रो भोटो, थाङ्नो लुगा लगाएको झुम्रे-झाम्रे गरीब मान्छे पनि आउलान्। 3त्यस बेला तिमीहरूले राम्रा-राम्रा लुगा लगाउने धनी मान्छेलाई आदर गर्दै भनौला, “पाल्नुहोस्, यहाँ राज होस्” तर गरीबलाई चाहिँ “त्यतै उभिराख वा त्यहीं भूइँमा मेरो गोडानेर बस,” भनौला। 4त्यसो गर्यौ भने तिमीहरूलाई आफ्नै बीचमा भेदभाव र कुविचार गरेको दोष लाग्नेछ।
5प्यारा भाइहरू, सुन। के परमेश्वरले संसारका गरीबलाई विश्वासमा धनी बनाउन र प्रतिज्ञा गरेको राज्य उहाँलाई माया गर्नेहरूलाई दिन छान्नुभएन र? 6तर तिमीहरूले त गरीबहरूलाई हेला गर्छौ। तिमीहरूमाथि अत्याचार गरी न्यायाधीशहरूका अघि पुर्याउने के धनी नै होइनन् र? 7तिमीहरूलाई दिइएको सुनामको बेइज्जत तिनीहरूले नै गरेनन् र?
8 #
लेवी 19:18
छिमेकीलाई आफैंलाई झैँ माया गर्नू भनी लेखिएको परमेश्वरको राज्यको नियमलाई पालन गर्यौ भने तिमीहरूले ठीक काम गर्नेछौ। 9तर बाहिरी रूप हेरेर मानिसहरूसँग व्यवहार गर्यौ भने तिमीहरू पाप गर्दछौ र यसरी तिमीहरूलाई व्यवस्था मिचेको दोष लाग्नेछ। 10यदि कसैले व्यवस्थाको एउटै कुरा मिच्तछ भने उसलाई पूरै व्यवस्था मिचेको दोष लाग्दछ 11#प्रस्थान 20:14; व्यवस्था 5:18; प्रस्थान 20:13; व्यवस्था 5:17किनभने ‘व्यभिचार नगर्नू’ भन्नेले नै ‘मान्छे नमार्नू’ पनि भनेका हुन्। हुन सक्छ, व्यभिचार नगरौला तर मान्छे मार्यौ भने पूरै व्यवस्थालाई मिच्दछौ। 12मानिसलाई स्वतन्त्र गराउने व्यवस्थाले खारिएका मानिसले झैँ बोल्ने र काम गर्ने गर। 13दया नगर्ने मानिसलाई परमेश्वरले दया नराखी न्याय गर्नुहुन्छ। तर दया गर्नाले न्यायलाई जित्न सकिन्छ।
विश्वास र काम
14मेरा भाइहरू, कसैले विश्वास गर्छु त भन्छ, तर कुनै कामले पनि आफ्नो विश्वास देखाउन सक्दैन भने के भयो र? के यस्तो विश्वासले उसलाई बचाउन सक्छ? 15कुनै भाइ वा बहिनीको लुगा छैन र खाना पनि छैन, 16तर तिमीहरूमध्ये कसैले उसलाई ‘परमेश्वरले तिमीलाई आशिष् देऊन्, राम्रैसँग लगाऊ अनि राम्रैसँग खाऊ’ भन्छौ तर उसलाई चाहिएको केही पनि दिंदैनौ भने के भयो र? 17विश्वास पनि त्यस्तै हुन्छ। काम नगर्ने विश्वास त मरेको विश्वास हो।
18तर कसैले भन्ला, “तिमी विश्वास गर्छौ। म त काम गर्छु।” लौ कामबिनाको तिम्रो विश्वास देखाऊ त! म त काम गरेर मेरो विश्वास देखाउँछु। 19एउटै परमेश्वर हुनुहुन्छ भनेर के तिमी विश्वास गर्छौ? यो राम्रो हो। तर यस्तो विश्वास त दुष्टात्माहरूले पनि गर्छन् र डरले काम्दछन्। 20मूर्ख हो, कामबिनाको विश्वास व्यर्थै छ भन्ने कुरा के तिमीहरूलाई साँच्चै देखाउनुपर्छ। 21#उत्पत्ति 22:1-14हाम्रा पुर्खा अब्राहामकै बारेमा विचार गर। के उनले आफ्ना छोरा इसहाकलाई वेदीमा चढाउने काम गरेर परमेश्वरको अघि उनी ठीक ठहरिएका होइनन् र? 22उनको विश्वास र काम सँगसँगै नारिए अनि उनका कामहरूद्वारा कसरी उनको विश्वास पूरा भयो, सो तिमीहरू देख्दैनौ? 23#उत्पत्ति 15:6; २ इतिहास 20:7; यशैया 41:8अब्राहामले परमेश्वरमाथि विश्वास गरे अनि त्यही विश्वासले गर्दा उनी परमेश्वरको अघि ठीक ठहरिए भनेर धर्मशास्त्रले भनेको कुरा पूरा भयो। यसरी अब्राहाम परमेश्वरका मित्र हुन् भनी भनिएको छ। 24अब बुझ्यौ? विश्वासले मात्रै होइन तर उसले गरेको कामद्वारा मानिस परमेश्वरको अघि ठीक ठहरिन्छ। 25#यहोशू 2:1-21वेश्या राहाबलाई नै विचार गर, कसरी उनी आफ्नो कामद्वारा परमेश्वरको सामु ठीक भइन्। सुराक लिन जाने इस्राएलीहरूलाई लुकाएर र अर्को बाटोमा पठाएर उनले बचाइन्। 26जसरी प्राणबिना शरीर मरेको हुन्छ, त्यसरी नै कामबिना विश्वास मरेको हुन्छ।
अहिले सेलेक्ट गरिएको:
याकूब 2: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: