यर्मिया 45
45
बारूकलाई परमेश्वरको प्रतिज्ञा
1 #
२ राजा 24:1; २ इतिहास 36:5-7; दानिएल 1:1,2 योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा बारूकले उनलाई मैले भनेका कुरा कागजको मुट्ठोमा लेखे। 2त्यसपछि परमप्रभु इस्राएलका परमेश्वरका यी वचन मैले उनलाई सुनाएँ, “बारूक, 3तैँले यसो भन्दै छस्, ‘हाय! परमप्रभुले मेरो कष्टमाथि विलाप थपिदिनुभयो। पीडाले कराउँदा-कराउँदा म थाकिसकें, मैले कतै पनि विश्राम पाउँदिनँ!’
4“तर म परमप्रभुले जे आफूले बनाएको छु, त्यो भत्काइरहेछु र जे मैले रोपेको छु, त्यो उखेलिरहेको छु। सारा देशलाई म त्यसो गर्नेछु। 5के तँचाहिँ आफ्नो निम्ति केही विशेष कुरो खोज्दै छस्? त्यसो नगर। म सारा मानवजातिमाथि विनाश ल्याउँदै छु तर तैँले ‘चाहिँ जहाँ गए पनि आफ्नो ज्यान जोगाइराख्नेछस्। म परमप्रभु बोलेको छु।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 45: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: