यर्मिया 46
46
कर्कमीशमा मिश्रको पराजय
1परमप्रभुले मलाई जाति-जातिको बारेमा आफ्नो वचन दिनुभयो। 2#यशैया 19:1-25; इजकिएल 29:1—32:32पहिले मिश्रको बारेमा उहाँले भन्नुभयो। यहूदाका राजा यहोयाकीमका राज्यकालको चौथो वर्षमा यूफ्रेटिस नदीको छेउ कर्कमीशमा बेबिलोनका राजा नबूकदनेसरले जितेका मिश्रका राजा नेकोको सेनाबारे उहाँले यसो भन्नुभयो,
3“मिश्रका अफिसरहरूले कराएर भने,
‘तिम्रा ढालहरू तयार गर
र लडाइँको लागि अघि बढ!
4घोडाका काठी-लगाम कसी
र घोडा चढी सवार होओ!
आफ्नो पङ्क्तिमा खडा होओ र लडाइँको टोप लगाओ!
आफ्ना भालाहरू उध्याओ!
आफ्ना कवचहरू लगाओ।’
5“म के देख्दछु?” परमप्रभुले सोध्नुहुन्छ,
“तिनीहरू डरले भाग्दै छन्।
तिनीहरूका योद्धाहरू पछि हट्दै छन्, हार खाएर डरले जति सक्छन्, छिटो भाग्दै छन्
र पछिल्तिर नहेरी भाग्दै छन्।
6छिटो कुद्न सक्नेहरू पनि भाग्न सक्दैनन्;
योद्धाहरू पनि भाग्न सक्दैनन्,
उत्तरमा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्कर खाएर लोट्छन्।
7नील नदीझैँ बढेर आउने
नदीहरूका पानी उर्लेर आउनेझैँ यो को हो?
8मिश्रदेश नील नदीझैँ बढेर आउँछ,
उर्लेर आउने नदीहरूको पानीझैँ
त्यसले भन्छे, म बढेर पृथ्वीलाई ढाक्नेछु। म सहरहरू र तिनका बासिन्दाहरूलाई नाश गर्नेछु।
9हे घोडा हो, कुददै अगि बढ
र रथ हाक्ने हो, वेगले हाँक!
हे योद्धहरू हो, अगि बढ। ढाल बोक्ने कुश र पूतका मानिसहरू, वाण हान्न सिपालु लूदका मानिसहरू हो, अगि बढ।”
10त्यो दिन सार्वभौम परमप्रभु
सर्वशक्तिमान्को दिन हो
आजै उहाँले बदला लिनुहुनेछ, आजै उहाँले आफ्ना शत्रुहरूलाई दण्ड दिनुहुनेछ।
तृप्त नहोउन्जेल उहाँको तरवारले तिनीहरूलाई नाश गर्नेछ,
तृप्त नहोउञ्जेल तिनीहरूको रगत तरवारले पिउनेछ,
आज उत्तर दिशाको यूफ्रेटिस नदीको किनारमा सर्वशक्तिमान् परमप्रभुले बलिदान चढाउनुहुन्छ।
11हे मिश्रदेशका मानिसहरू, गिलादमा जाओ
र ओखती खोज,
माथि गिलादमा ल्याओ।
तिम्रा सबै ओखतीहरू काम नलाग्ने हुनेछन्;
कुनै ओखतीले पनि निको पार्न सक्दैन!
12जाति-जातिहरूले तेरो लाजको कुरा सुन्नेछन्।
तेरो रोदन सबैले सुन्नेछन्। योद्धासित योद्धा ठक्कर खानेछ अनि तिनीहरू दुवै एकसाथ भूइँमा लोट्नेछन्।
नबूकदनेसरको आगमन
13 #
यर्मिया 43:10-13
बेबिलोनका राजा नबूकदनेसर मिश्रमाथि आक्रमण गर्न आउँदा परमप्रभु मसित बोल्नुभयो। उहाँले यसो भन्नुभयो,
14“मिश्रका सहरमा यी कुरा सुनाऊ,
मिग्दोल, मेमफिस र तहपन्हेसमा सुनाऊ, आ-आफ्नो सुरक्षाको लागि तयार होओ, तिमीहरूका वरिपरि भएकाहरू सबै लडाइँमा नाश हुनेछन्।
15तिमीहरूका बलिया अपीस्-देव जमिनमा किन लड्यो?
परमप्रभुले त्यसलाई हल्लाउनुभएको छ!’
16तिमीहरूका सिपाहीहरूले ठोकर खाएका छन् र लडेका छन्।
एकले अर्कालाई भन्दछ, ‘चाँडो गर! हामी आफन्तहरूका घरमा जाऔं र शत्रुको तरवारबाट उम्कौं!’
17“मिश्रका राजालाई नयाँ नाम देऊ,
ठूलो हल्ला गर्नेले आफ्नो मौका गुमाएको छ।’
18म सर्वशक्तिमान् परमप्रभु राजा हुँ,
म नै जीवित परमेश्वर हुँ। पहाडहरूमाथि उच्च तबोर पर्वतजस्तो समुद्रभन्दा उच्च कर्मेल पर्वतजस्तो तिमीमाथि आक्रमण गर्न एक जना शक्तिशाली आउँदै छ।
19मिश्रका मानिसहरू हो, कैदी बनेर जान तयार होओ!
नोप उजाड-स्थान र कुनै प्राणी नरहने भग्नावशेष हुनेछ।
20मिश्रचाहिँ उत्तम गाई समान छ,
उत्तरबाट एउटा डाँस त्यसको विरुद्धमा आइरहेछ।
21त्यसका ज्यालादार सिपाही पनि असहाय बाछाहरूझैँ छन्।
तिनीहरू डटेर लडेनन्, तिनीहरू सबैले पिठ फर्काएर भागे। तिनीहरूका विपत्तिको दिन र विनाशको समय आइसकेको छ।
22शत्रुको फौज नजिक आइपुग्दा सर्प सुलुलुलु गएको आवाज निकालेको जस्तै मिश्रीहरू भाग्छन्।
बन्चरो लिएर रूख ढाल्न आउनेझैँ तिनीहरूले त्यसलाई आक्रमण गर्नेछन्।
23घना जङ्गल फाँडेझैँ आक्रमण गर्नेछन्।
तिनीहरूका सिपाहीहरू अनगिन्ती छन्, तिनीहरूका सिपाहीहरू सलहको हुल जतिकै अनगिन्ती छन्।
24मिश्रका मानिसहरू लाजमा पर्नेछन्,
तिनीहरूमाथि उत्तरका मानिसहरूले विजय गरेका छन्।
म परमप्रभु बोलेको छु।”
25सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म नो सहरको देवता, आमोन साथै मिश्रका राजाहरू र देवी-देवताहरूलाई दण्ड दिनेछु। म मिश्रको राजा र त्यसमाथि भरोसा राख्नेहरू सबैलाई 26र तिनीहरूका ज्यान लिन चाहने बेबिलोनको राजा नबूकदनेसर र त्यसका सेनाको हातमा दिनेछु। तर बितेका दिनमा झैँ पछिबाट मानिसहरू मिश्रमा फेरि बास गर्नेछन्। म परमप्रभु बोलेको छु।
परमप्रभुले आफ्नो प्रजालाई बचाउनुहुन्छ
27 #
यर्मिया 30:10,11 “ए मेरो प्रजा, नडरा, इस्राएलका मानिसहरू भयभीत नहोओ।
म तिमीहरूलाई कैदमा बसेको त्यो देशबाट छुटाउनेछु। तिमीहरू स्वदेश फर्कनेछौ र शान्तिसित बस्नेछौ; तिमीहरू सुरक्षित हुनेछौ र कसैले तिमीहरूलाई डर देखाउनेछैन।
28म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई बचाउनेछु।
मैले जुन जातिबीच तिमीहरूलाई छरपष्ट पारेथें, ती सबै जातिहरूलाई म नाश पार्नेछु।
तर म तिमीहरूलाई नाश गर्नेछैनँ। म तिमीहरूलाई सजाय नदिई छोड्नेछैनँ, तर जब म तिमीहरूलाई दण्ड दिनेछु, म न्यायी हुनेछु। म परमप्रभु बोलेको छु।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 46: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: