यर्मिया 47
47
पलिश्तीहरूबारे परमप्रभुको सन्देश
1 #
यशैया 14:29-31; इजकिएल 25:15-17; योएल 3:4-8; आमोस 1:6-8; सपन्याह 2:4-7; जकरिया 9:5-7 मिश्रका राजाले गाजामाथि आक्रमण गर्नुअघि परमप्रभुले मलाई पलिश्तीहरूबारे 2यसो भन्नुभयो,
“हेर, उत्तरमा पानी बढिरहेको छ र बाढीमा नदी बढेझैँ बगिआउनेछ।
त्यसले देश र त्यसमा भएका सबै कुराहरू, सहरहरू र त्यहाँ बास गर्ने सबैलाई डुबाउनेछ।
मानिसहरूले गुहारको निम्ति पुकारा गर्नेछन्, देशका सबै बासिन्दाहरूले घोर विलाप गर्नेछन्।
3तिनीहरूले घोडाको टाप बजेको,
वेगले रथ कुदेको र तिनका पाङ्ग्राका गुडगुड आवाज सुन्नेछन्।
बुबाहरूका हातहरू दुर्बल हुनेछन् र तिनीहरू आफ्ना छोरा-छोरीहरूलाई सहायता गर्न फर्केर आउनेछैनन्।
4पलिश्ती देशलाई नाश पार्ने, टुरोस र सीदोनलाई सहायता गर्नेहरू मारिने समय आएको छ।
म परमप्रभुले क्रेटका किनारबाट आएका सबै पलिश्तीहरूलाई नाश गर्नेछु।
5गाजाका मानिसहरूले शोकमा कपाल खौरने छन्। अश्कलोनका बासिन्दाहरू चुप भएका छन्।
बाँकी पलिश्तीहरूले कहिलेसम्म शोक गर्ने?
6चिच्च्याएर तिमीहरू भन्छौ, ‘ए परमप्रभुको तरवार! तँ कहिलेसम्म काटमार गरिरहन्छस्?
आफ्नो म्यानमा फर्किजा र त्यहीं बस् र विश्राम ले!’
7तर त्यसले कसरी विश्राम लिन सक्छ?
मैले त्यसलाई काम दिएको छु, अश्कलोनमाथि हमला गर्न र समुद्रका किनारमा बास गर्ने मानिसहरूमाथि आक्रमण गर्न मैले त्यसलाई आज्ञा दिएको छु।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 47: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.