मिश्रका राजाले गाजामाथि आक्रमण गर्नुअघि परमप्रभुले मलाई पलिश्तीहरूबारे यसो भन्नुभयो,
“हेर, उत्तरमा पानी बढिरहेको छ र बाढीमा नदी बढेझैँ बगिआउनेछ।
त्यसले देश र त्यसमा भएका सबै कुराहरू, सहरहरू र त्यहाँ बास गर्ने सबैलाई डुबाउनेछ।
मानिसहरूले गुहारको निम्ति पुकारा गर्नेछन्, देशका सबै बासिन्दाहरूले घोर विलाप गर्नेछन्।