यर्मिया 47:1-2
यर्मिया 47:1-2 पवित्र बाइबल (NERV)
यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो। परमप्रभु भन्नुहुन्छ: “हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्। तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्। तिनीहरूले बाढीले झैं सारा देश शहरहरू र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्। त्यस देशका मानिसहरूले विलौना गर्नेछन् तथा गुहार माग्नेछन्।
यर्मिया 47:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फारोले गाजालाई आक्रमण गर्न अघि पलिश्तीहरूका विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो: परमप्रभु यसो भन्नुहुन्छ: “हेर, उत्तर दिशामा पानी बढ़िरहेछन्। ती बाढ़ीको भलझैँ हुनेछन्। त्यसले देश र त्यसमा भएका जम्मै कुरालाई डुबाउनेछ, नगरहरू र तिनमा बसेको हरेकलाई।
यर्मिया 47:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फारोले गाजा सहरमाथि आक्रमण गर्नुअगि पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो: याहवेह यसो भन्नुहुन्छ: “हेर, उत्तर दिशामा पानीका छालहरू कसरी उठिरहेका छन्; तिनीहरू डुबाउने बाढीको भलजस्तै हुनेछन्। त्यसले जमिन र त्यसमा भएका सबै थोकलाई सहरहरू र त्यसमा बस्नेहरू सबैलाई डुबाउनेछ। मानिसहरू सहायताको निम्ति चिच्याउनेछन्; देशमा बस्नेहरू सबै विलाप गर्नेछन्
यर्मिया 47:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मिश्रका राजाले गाजामाथि आक्रमण गर्नुअघि परमप्रभुले मलाई पलिश्तीहरूबारे यसो भन्नुभयो, “हेर, उत्तरमा पानी बढिरहेको छ र बाढीमा नदी बढेझैँ बगिआउनेछ। त्यसले देश र त्यसमा भएका सबै कुराहरू, सहरहरू र त्यहाँ बास गर्ने सबैलाई डुबाउनेछ। मानिसहरूले गुहारको निम्ति पुकारा गर्नेछन्, देशका सबै बासिन्दाहरूले घोर विलाप गर्नेछन्।