यर्मिया 47
47
पलिश्तीको बारेमा सन्देश
1फारोले गाजा सहरमाथि आक्रमण गर्नुअगि पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो:
2याहवेह यसो भन्नुहुन्छ:
“हेर, उत्तर दिशामा पानीका छालहरू कसरी उठिरहेका छन्;
तिनीहरू डुबाउने बाढीको भलजस्तै हुनेछन्।
त्यसले जमिन र त्यसमा भएका सबै थोकलाई
सहरहरू र त्यसमा बस्नेहरू सबैलाई डुबाउनेछ।
मानिसहरू सहायताको निम्ति चिच्याउनेछन्;
देशमा बस्नेहरू सबै विलाप गर्नेछन्,
3दौडिरहेका घोडाहरूका खुरहरूको आवाजमा
वेगसित दगुर्ने शत्रुहरूका
रथहरूका चक्काका गडगडाहट सुनेर
आमाबुबाहरू आफ्ना छोराछोरीलाई सहायता गर्न फर्केर हेर्नेछैनन्;
तिनीहरूका हातहरू लुला हुनेछन्।
4किनकि सबै पलिश्तीहरूलाई
नाश गर्ने दिन आएको छ,
टायर र सीदोनलाई सहायता दिन सक्ने
बाँचेकाहरू सबैलाई नष्ट गर्ने दिन आएको छ।
याहवेहले कप्तोरका#47:4 अर्थात्, क्रेट किनारमा
बाँकी रहेका सबै पलिश्तीहरूलाई नष्ट गर्न लाग्नुभएको छ।
5गाजाले शोकमा आफ्नो कपाल खौरनेछ;
अश्कलोन मौन हुनेछ।
हे तराईका अवशेष हो,
तँ कहिलेसम्म आफूलाई चोट पारिरहन्छस्?”
6रुँदै तैँले भन्नेछस्,
“ ‘ओह, याहवेहको तरवार, तँ कहिले शान्त हुन्छस्?
ए तरवार, तँ आफ्नो म्यानमा फर्किजा,
र शान्तसँग बस्।’
7तर यो कसरी शान्त बस्न सक्छ?
किनकि याहवेहले यसलाई
अश्कलोन र समुद्री किनारको विरोधमा
आक्रमण गर्न आदेश दिनुभएको छ।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 47: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.