YouVersion लोगो
खोज आइकन

यर्मियाको पुस्तक 47:1-2

यर्मियाको पुस्तक 47:1-2 NERV

यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो। परमप्रभु भन्नुहुन्छ: “हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्। तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्। तिनीहरूले बाढीले झैं सारा देश शहरहरू र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्। त्यस देशका मानिसहरूले विलौना गर्नेछन् तथा गुहार माग्नेछन्।