YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 5:17-24

यूहन्‍ना 5:17-24 सरल नेपाली

तर येशूले तिनीहरूलाई यसरी जवाफ दिनुभयो, “मेरा पिताले सधैँ काम गरिरहनुहुन्‍छ। त्‍यसैले म पनि काम गरिरहन्‍छु।” यो कुरा सुनेर यहूदी अगुवाहरूले झन् सुरिएर भने, “त्‍यसले विश्राम दिनमा काम गर्नुहुँदैन भन्‍ने व्यवस्थालाई मात्र तोडेको होइन तर परमेश्‍वरलाई नै पिता भनेर आफैंलाई पनि परमेश्‍वरको बराबरी तुल्‍याउँदै छ। त्‍यसलाई त मार्नु नै पर्छ।” त्‍यसैकारण येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, पुत्रले आफ्‍नै तर्फबाट केही गर्न सक्‍दैन। पिताले जे गर्नुभएको देख्‍छ, उसले त्‍यही मात्र गर्छ। पिताले जे-जे गर्नुहुन्‍छ, त्‍यही नै पुत्रले पनि गर्छ किनभने पिताले पुत्रलाई माया गर्नुहुन्‍छ र आफूले गर्नुहुने सबै काम पिताले पुत्रलाई देखाउनुहुन्‍छ। अँ, पिताले पुत्रलाई अझै ठूला-ठूला कामहरू गर्न लगाउनुहुनेछ अनि तिमीहरू सबै छक्‍कपर्नेछौ। पिताले मरेकाहरूलाई बिउँताएर अनन्त जीवन दिनुभएजस्‍तै पुत्रले पनि आफूले चाहेकाहरूलाई अनन्त जीवन दिनेछ किनभने पिता आफैंले कसैको न्‍याय गर्नुहुन्‍न। मानिसहरूले पिताको आदर गरेजस्‍तै पुत्रको पनि आदर गरून् भनेर पिताले न्‍याय गर्ने कामचाहिँ पुत्रलाई नै सुम्‍पिदिनुभएको छ। पुत्रको आदर नगर्नेले चाहिँ पुत्रलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन। “अब म तिमीहरूलाई भन्‍छु, जसले मेरो कुरा सुन्‍छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ, ऊसँग अनन्त जीवन हुन्‍छ। उसलाई दोषी ठहराइनेछैन, तर ऊ मृत्‍युदेखि जीवनमा सरिसकेको हुन्‍छ।

यूहन्‍ना 5 पढ्नुहोस्