YouVersion लोगो
खोज आइकन

अय्‍यूब 40

40
1-2अय्‍यूब, तैँले सर्वशक्तिमान् परमेश्‍वरसित जोरी खोजिस्।
तेरो जिद्दी छोड्छस्?
कि जवाफ दिन्‍छस्?
अय्‍यूब भन्दछन्‌:
3-4मेरो केही मोल छैन, परमप्रभु, म के जवाफ दिन सकूँला?
म आफ्‍नो मुख बन्‍द गर्दछु।
5मैले एक चोटि भनिसकें, दुईपल्‍ट भन्‍दिनँ।
मैले फेरि भन्‍ने केही कुरा छैनँ।
6फेरि एक चोटि आँधीको बीचबाट परमप्रभुले अय्‍यूबलाई यसो भनेर जवाफ दिनुभयो:
7मर्दझैँ खडा हो र मेरा प्रश्‍नहरूको जवाफ दे।
8म न्‍यायी छैनँ भनी के तँ प्रमाण दिन चेष्‍टा गर्दै छस्?
आफैंचाहिँ ठीक हुनलाई के मलाई गलत बनाउँदछस्?
9के तँ मजस्‍तो सामर्थी छस्?
के तेरो सोर मेरो जस्‍तो जोडले गर्जन सक्‍छ?
10यसो हो भने तँ आफ्‍ना इज्‍जत र घमण्‍डमा खडा हो।
गौरव र महिमाले आफैंलाई सिङ्गार्‌।
11अहङ्कारी मानिसलाई हेर्‌,
तेरो रिस तिनीहरूमाथि पोखा र तिनीहरूलाई होचो पार्‌।
12हो, तिनीहरूलाई हेरेर तल झार्‌।
दुष्‍टलाई तिनीहरू उभिएकै ठाउँमा कच्‍याक-कुचुक पारिदे।
13तिनीहरूलाई जमिनभित्र गाडिदे,
कात्रोले बेह्रेर चिहानमा तिनीहरूलाई पुरिदे।
14तब म तेरो प्रशंसा गर्नेछु
र तेरो आफ्‍नो पाखुराको बलले विजयी पाइस् भनी स्‍वीकार गर्नेछु।
15बहेमोथ भनिने विशाल जल-जन्‍तुलाई हेर्‌।
तँलाई र त्‍यसलाई मैले नै बनाएँ।
गाईले जस्‍तै त्‍यसले घाँस खान्‍छ।
16त्‍यसको शरीरमा कस्‍तो बल छ।
त्‍यसको पेटको मांसपेशीमा कस्‍तो शक्ति छ!
17त्‍यसको पुच्‍छर देवदारु रूखजस्‍तै कडा हुन्‍छ।
त्‍यसका तिघ्राका मांसपेशी बलियो हुन्‍छ।
18त्‍यसका हड्डीहरू काँसका नलजस्‍तै बलिया हुन्‍छन्
र त्‍यसका खुट्टाहरू फलामका डन्‍डाहरूजस्‍ता हुन्‍छन्।
19मेरा सृष्‍टिहरूमध्‍ये त्‍यो सबैभन्दा अचम्‍मको छ!
त्‍यसलाई सृष्‍टि गर्नेले मात्र त्‍यसलाई जित्‍न सक्‍छ।
20जङ्गली पशुहरू खेल्‍ने डाँडाहरूमा त्‍यसको घाँस उम्रन्‍छ।
21त्‍यो कमलको बोटमुनि बस्‍दछ;
सिमसारका काँसघारीको बीचमा लुक्‍दछ।
22कमलले त्‍यसलाई आफ्‍नो छायामुनि लुकाइराख्‍छ,
खोलाका बैसका रूखहरूले त्‍यसलाई घेरिराख्‍छन्‌।
23वेगले ओर्लिआउने नदीसित त्‍यो डराउँदैन,
यर्दन नदी त्‍योतिर बौलाएर बहिआयो भने पनि त्‍यो ढुक्‍क मानी बसिरहन्‍छ।
24कसले त्‍यसका आँखा बन्‍द गरेर त्‍यसलाई पक्रन सक्‍छ?
वा कसले त्‍यसको नाक पासोमा पार्न सक्‍छ?

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 40: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्