मीका 5
5
1यरूशलेमका निवासीहरू हो! आफ्नो सेना भेला गर! हामी घेरामा परेका छौं! तिनीहरूले इस्राएलका अगुवाको गालामा डन्डाले हिर्काउनेछन्।
बेथलेहेमबाट आउने शासक
2 #
मत्ती 2:6; यूहन्ना 7:42 परमप्रभु भन्नुहुन्छ, “बेथलेहेम एप्राता, यहूदाका सानोभन्दा सानो सहरहरूमध्ये तँ पनि एक होस् तर तँबाट म इस्राएलको निम्ति एउटा शासक ल्याउनेछु, जसको वंश प्राचीन कालदेखि नै सुरू भएको हो।”
3यसकारण त्यो छोरो जन्माउने स्त्रीले छोरो नजन्माएसम्म परमप्रभुले आफ्ना प्रजालाई शत्रुका हातमा छोडिदिनुहुनेछ। तब कैदी भएर देश निकालावास भएका स्वदेशी बन्धुहरू आफ्नै दाजुभाइहरूसँग फेरि एकसाथ जम्मा हुनेछन्। 4जब उनी आउँछन्, तब उनले परमप्रभुको शक्ति र आफ्ना परमेश्वर परमप्रभुको महामहिमामा आफ्ना प्रजामाथि राज्य गर्नेछन्। तिनका प्रजा सुरक्षासाथ बास गर्नेछन् किनभने सारा पृथ्वीका मानिसहरूले उनको महान्ता स्वीकार्नेछन्, 5र उनले शान्ति कायम गर्नेछन्।
छुटकारा र सजाय
जब अश्शूरीहरूले हाम्रो देशमा हमला गर्छन् र सुरक्षा पर्खाल तोडेर देशमा खुट्टा हाल्छन्, तब हामी आफ्ना बलिया-बलिया अगुवाहरूलाई तिनीहरूको सामना गर्न पठाउनेछौं। 6#उत्पत्ति 10:8-11हातहतियारका बलले तिनीहरूले निम्रोदको देश अश्शूरीलाई विजय गर्नेछन् र अश्शूरीहरूले हाम्रो मुलुकमा हमला गर्दा तिनीहरूले हाम्रो रक्षा गर्नेछन्।
7त्यस बेला बाँचेका इस्राएलीहरू अरू धेरै जातिहरूको निम्ति परमप्रभुले पठाउनुभएको शीतल गराउने शीतझैँ र उम्रँदै गरेको घाँसमा बर्सने झरीजस्तै हुनेछन्। तिनीहरू परमेश्वरमाथि भर पर्नेछन्, मानिसहरूमाथि होइन। 8जाति-जातिहरूका बीचमा छोडिएका इस्राएलीहरूचाहिँ जङ्गल वा चउरमा शिकार खोजिहिंड्ने सिंहझैँ हुनेछन्, त्यो भेडाहरूका माझमा पस्दछ, तिनीहरूलाई झम्टन्छ र टुक्रा-टुक्रा पार्दछ र त्यसबाट बाँच्ने आशा हुँदैन। 9इस्राएलीहरूले आफ्ना शत्रुहरूलाई जित्नेछन् र तिनीहरू सबैलाई नाश पार्नेछन्।
10परमप्रभु भन्नुहुन्छ, “त्यस बेला म तिमीहरूका घोडाहरू खोस्नेछु र रथहरू नष्ट पार्नेछु। 11तिमीहरूका देशका सहरहरू नाश गर्नेछु अनि सबै सुरक्षाका पर्खाल भत्काइदिनेछु। 12तिमीहरूले चलाउने तन्त्रमन्त्र नष्ट गर्नेछु र तिमीहरूसित एउटै पनि जोखना हेर्ने मानिस हुनेछैन। 13तिमीहरूका देवताका मूर्तिहरू र पूजा गर्ने ढुङ्गाका खम्बाहरू नष्ट गर्नेछु। तिमीहरूले आफ्नै हातले बनाएका कुराहरूलाई फेरि कहिल्यै पूजा गर्नेछैनौ। 14म तिमीहरूको देशको अशेरा देवीका मूर्तिहरू ढालिदिनेछु र तिमीहरूका सहरहरू नाश पार्नेछु। 15अनि मेरा आज्ञा नमान्ने जातिहरूसित म आफ्नो प्रचण्ड क्रोधमा साटो फेर्नेछु।”
अहिले सेलेक्ट गरिएको:
मीका 5: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.