YouVersion लोगो
खोज आइकन

मर्कूस 15:16-23

मर्कूस 15:16-23 सरल नेपाली

सिपाहीहरूले येशूलाई बडा-हाकिमको दरबारभित्र लगे र अरू सबै सिपाहीहरूलाई बोलाएर ल्‍याए। तिनीहरूले येशूलाई राजाको जस्‍तै बैजनी रङ्गको पोशाक पहिराइदिए अनि काँडाको मुकुट बनाएर शिरमा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई ‘यहूदीहरूका राजाको जय होस्!’ भन्‍दै अभिवादन ठोके। तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए, थुके अनि घुँडा टेकेर उहाँलाई ढोगे। यसरी गिल्‍ला गरिसकेपछि तिनीहरूले बैजनी रङ्गको पोशाक फुकालेर उहाँको आफ्‍नै लुगा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई क्रूसमा झुण्‍ड्याउन लगे। बाटोमा जाँदाजाँदै तिनीहरूले कुरेनी देशको सिमोनलाई गाउँबाट सहरतिर आइरहेको भेटे। उनी अलेक्‍जेन्‍डर र रूफसका बुबा थिए। सिपाहीहरूले उनलाई जबरजस्‍ती येशूको क्रूस बोक्‍न लगाए अनि तिनीहरूले येशूलाई गलगथा भन्‍ने ठाउँमा लगे। गलगथा भनेको चाहिँ ‘खप्‍परे ठाउँ’ हो। त्‍यहाँ पुगेर तिनीहरूले येशूलाई मूर्र मिसाएको दाखमद्य दिए। तर येशूले पिउनुभएन।

मर्कूस 15 पढ्नुहोस्