YouVersion लोगो
खोज आइकन

मर्कूस 15:16-23

मर्कूस 15:16-23 NCV

सिपाहीहरूले येशूलाई महल (अर्थात्, प्रेटोरियम) भित्र लगे, अनि सिपाहीहरूका जम्मै पल्टनलाई बोलाए। तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, अनि काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए। अनि तिनीहरूले उहाँलाई “यहूदीहरूको राजाको जय!” भन्दै कराए। तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काए अनि उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामुन्‍ने घुँडा टेकेर झुके। अनि उहाँको अपमान गरिसकेपछि, तिनीहरूले त्यो बैजनी वस्त्र फुकालिदिए, र उहाँकै वस्त्र उहाँलाई लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे। अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोनलाई, जो गाउँबाट आइरहेका बेला तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए। तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउनुभएन।

मर्कूस 15 पढ्नुहोस्