भजनसंग्रह 28
28
सहायताको लागि प्रार्थना
1हे परमप्रभु, मेरा रक्षक!
म तपाईंसँग बिन्ती गर्दछु,
मेरो पुकार सुन्नुहोस्!
मलाई उत्तर दिनुभएन भने मृत्यु-लोकमा जानेहरूको माझमा म पनि हुनेछु।
2मद्दतको लागि मैले पुकार गरेको बेलामा,
मैले तपाईंको पवित्र मन्दिरतिर आफ्ना हात उचाल्दा
मेरो बिन्ती सुन्नुहोस्।
3दुष्ट र खराबी गर्नेहरूका साथमा
मलाई दण्ड नदिनुहोस्।
जसका बोली मीठा त छन्
तर तिनीहरूका हृदय घृणाले भरिएका छन्।
4 #
प्रकाश 22:12
तिनीहरूका यस्ता सबै कामहरूका लागि,
तिनीहरूलाई सजायँ दिनुहोस्।
किनकि तिनीहरूले दुष्ट काम गरेका छन्।
तिनीहरूलाई उचित सजायँ दिनुहोस्!
5परमप्रभुले के काम गर्नुभएको छ,
आफ्ना हातले के बनाउनुभएको छ, सो तिनीहरूले हेर्दैनन्।
यसकारण उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ,
सधैँको लागि तिनीहरूलाई नाश गर्नुहुनेछ।
6परमप्रभुको प्रशंसा होस्,
उहाँले मेरो मद्दतको लागि पुकार सुन्नुभएको छ।
7परमप्रभुले मलाई रक्षा गर्नुहुन्छ र मलाई बचाउनुहुन्छ;
म उहाँमाथि भरोसा राख्छु।
उहाँले मलाई सहायता गर्नुहुन्छ र आनन्द दिनुहुन्छ,
आनन्दका गीतले म उहाँको प्रशंसा गर्छु।
8परमप्रभुले आफ्ना जनहरूको रक्षा गर्नुहुन्छ,
उहाँले आफूले चुनेको राजालाई रक्षा गर्नुहुन्छ र बचाउनुहुन्छ।
9हे परमप्रभु! आफ्ना जनहरूलाई बचाउनुहोस्,
तपाईंका आफ्ना मानिसहरूलाई आशिष् दिनुहोस्।
तिनीहरूका गोठाला हुनुहोस्
र सधैँभरि तिनीहरूको हेरचाह गर्नुहोस्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 28: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.