भजनसंग्रह 4
4
सहायताको लागि साँझको प्रार्थना
(वाद्य नाइकेको निम्ति - तारको बाजामा दाऊदको भजन)
1हे परमेश्वर, मेरा रक्षक!
मैले प्रार्थना गर्दा मलाई उत्तर दिनुहोस्।
म कष्टमा छँदा तपाईंले मलाई सहायता गर्नुभयो।
अहिले ममाथि दया गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्।
2ए मानिसहरू! कहिलेसम्म तिमीहरूले मेरो बदनाम गर्छौ?
कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ
र झूटा कुराहरूको पछि लाग्छौ?
3याद राख, परमप्रभुले धर्मीहरूलाई आफ्नै लागि चुन्नुभएको छ,
उहाँलाई पुकार्दा उहाँले मेरो बिन्ती सुन्नुहुन्छ।
4 #
एफिसी 4:26
डरले काँप र पाप गर्न छोड।
ओछ्यानमा चुपचाप ढल्केको बेलामा यसबारे गहिरो विचार गर।
5परमप्रभुलाई उचित बलिदान चढाऊ
र उहाँमा भरोसा राख।
6धेरैले यसरी प्रार्थना गर्छन्:
“हे परमप्रभु! हामीलाई धेरै-धेरै आशिष् दिनुहोस्,
हामीमाथि दयाको दृष्टि राख्नुहोस्!”
7तर तिनीहरूले आफ्ना अन्न र मद्यबाट पाउन सक्ने कुनै पनि आनन्दभन्दा
तपाईंले मलाई दिनुभएको आनन्द धेरै नै बढी छ।
8ढल्कँदा म शान्तिसित निदाउँछु।
हे परमप्रभु! तपाईंले मात्र मलाई पूरा सुरक्षा र कुशलसित राख्नुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 4: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.