भजनसंग्रह 5
5
सुरक्षाको लागि प्रार्थना
(वाद्य नाइकेको निम्ति - बाँसुरीको साथमा दाऊदको भजन)
1हे परमप्रभु! मेरो बिन्तीमा कान थाप्नुहोस् र सुस्केरा सुन्नुहोस्।
2मेरा परमेश्वर! मेरा राजा!
मैले सहायताको लागि पुकारेको सुन्नुहोस्।
हे परमप्रभु! म तपाईंसँग प्रार्थना गर्दछु।
3तपाईंले बिहान मेरो सोर सुन्नुहुन्छ,
सूर्य उदाउँदा म तपाईंसँग प्रार्थना गर्छु
र उत्तर पर्खन्छु।
4तपाईं दुष्ट काम गर्नेहरूसित खुसी हुने परमेश्वर हुनुहुन्न,
तपाईंको सामु कुनै दुष्ट कुरा रहन सक्दैन।
5घमण्डी मानिसलाई तपाईंले हेर्न सक्नुहुन्न;
सबै दुष्ट मानिसहरूलाई तपाईंले घृणा गर्नुहुन्छ।
6तपाईंले झूटो बोल्ने सबैलाई नाश गर्नुहुन्छ
अनि झगडालु र छल गर्नेहरूलाई तपाईंले घृणा गर्नुहुन्छ।
7तर तपाईंको महान् प्रेमले गर्दा
म तपाईंको घरमा पस्न सक्छु,
तपाईंको पवित्र मन्दिरमा उपासना गर्न सक्छु
र आदरभक्तिसाथ तपाईंलाई दण्डवत् गर्न सक्छु।
8हे परमप्रभु! मेरा यति धेरै शत्रुहरू छन्।
मलाई तपाईंको इच्छाअनुसार चल्न अगुवाइ गर्नुहोस्।
म हिँड्नलाई तपाईंको बाटो सोझो पार्नुहोस्।
9 #
रोमी 3:13
मेरा शत्रुका कुरा विश्वास गर्न सकिंदैन,
तिनीहरू नाश गर्न मात्र चाहन्छन्।
तिनीहरूले चाप्लुसी कुराले सर्काउँछन्,
तर तिनीहरूका वचन घात गर्ने छल र कपटले भरिएका छन्।
10परमेश्वर! तिनीहरूलाई दोषी ठहराएर दण्ड दिनुहोस्;
तिनीहरू आफ्ना जालमा आफैं परून्।
तिनीहरूले धेरै पाप र तपाईंको विरोध गरेको कारणले
तिनीहरूलाई आफ्नो सामुबाट धपाउनुहोस्।
11तर तपाईंमा सुरक्षा पाउनेहरू सबै रमाउनेछन्,
तिनीहरूले सधैँ आनन्दले गाउन सक्छन्।
तपाईंलाई प्रेम गर्नेहरूलाई रक्षा गर्नुहोस्,
तपाईंले गर्दा तिनीहरू साँच्चै प्रसन्न छन्।
12परमप्रभु! तपाईंका आज्ञा मान्नेहरूलाई तपाईंले आशिष् दिनुहुन्छ,
तपाईंको प्रेमले ढालले झैँ तिनीहरूलाई रक्षा गर्दछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 5: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: