भजनसंग्रह 6
6
कष्टका बेलामा सहायताको लागि प्रार्थना
1 #
भजनसंग्रह 38:1
हे परमप्रभु, मसँग नरिसाउनुहोस्, मलाई नहकार्नुहोस्!
आफ्नो रिसमा मलाई दण्ड नदिनुहोस्!
2म गलिसकेको छु, हे परमप्रभु, ममाथि दया गर्नुहोस्!
मलाई शक्ति दिनुहोस्, म पूरा थाकिसकेको छु,
3मेरो प्राण ठूलो कष्टमा छ।
हे परमप्रभु! कहिलेसम्म मेरो सहायता गर्न तपाईंले ढिलो गर्नुहुनेछ?
4परमप्रभु! आउनुहोस् र मलाई बचाउनुहोस्।
आफ्नो करुणाले मलाई मृत्युबाट बचाउनुहोस्।
5मृत्यु-लोकमा कसैले तपाईंलाई स्मरण गर्दैन
त्यहाँ कसैले तपाईंको प्रशंसा गर्न सक्दैन।
6म अफसोसले गलिसकें,
प्रत्येक रात मेरो ओछ्यान मेरो आँसुले भिज्दछ,
आँसुले मेरो सिरानी भिजेको छ।
7म आँखा देख्न सक्दिनँ,
मेरा शत्रुहरूले गर्दा रुनुपरेकोले
मेरो आँखा सुन्निएका छन्।
8 #
मत्ती 7:23; लूका 13:27 हे दुष्ट मानिसहरू हो! मदेखि टाढा होओ!
म रोएको परमप्रभुले सुन्नुहुन्छ।
9मैले सहायताको लागि पुकारेको उहाँले सुन्नुहुन्छ,
उहाँले मेरो बिन्तीको उत्तर दिनुहुन्छ।
10मेरा शत्रुहरू हारेर लाजमा परेको थाहा पाउनेछन्,
अचानक अन्योलमा परेर तिनीहरू भाग्नेछन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 6: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.