प्रकाश 16
16
परमेश्वरको क्रोधको बटुका
1तब मैले परमेश्वरको मन्दिरबाट सात स्वर्गदूतलाई यसो भनिरहेको एउटा सोर सुनें, “जाऊ र परमेश्वरको क्रोधका ती सात बटुका पृथ्वीमा खन्याइदेओ।”
2 #
प्रस्थान 9:10
यसपछि पहिलो स्वर्गदूत गएर आफ्नो बटुको पृथ्वीमा खन्याए। जनावरका चिन्ह भएका र त्यसका मूर्ति मान्नेहरू सबैका जिउमा असाध्य दुख्ने घाउ-खटिराहरू निस्कन थाले।
3यसपछि दोस्रो स्वर्गदूतले आफ्नो बटुको समुद्रमा खन्याए अनि समुद्रको पानी मरेको मानिसको रगतजस्तै भयो र समुद्रमा भएका सबै जीवित प्राणीहरू मरिहाले।
4 #
प्रस्थान 7:17-21; भजनसंग्रह 78:44 त्यसपछि तेस्रो स्वर्गदूतले आफ्नो बटुको सबै नदी-नाला र पानीका मूलहरूमा खन्याए र ती सबै रगतै भए। 5अनि सबै पानीलाई हेरचाह गर्ने स्वर्गदूतले यसो भनेको मैले सुनें, “हे पवित्र परमेश्वर जो हुनुहुन्छ र हुनुहुन्थ्यो, तपाईंले गर्नुभएको न्याय ठीक छ 6किनभने तपाईंका अगमवक्ताहरू र तपाईंका भक्तहरूको रगत उनीहरूले बगाइदिए अनि तपाईंले उनीहरूलाई रगतै पिउन लाउनुभयो। उनीहरूले पाउनुपर्ने सजाय नै पाए।” 7यसपछि मैले वेदीबाट यसो भनिरहेको एउटा सोर सुनें, “प्रभु परमेश्वर सर्वशक्तिमान्, साँच्चै तपाईंको न्याय ठीक र सत्य छ!”
8यसपछि चौथो स्वर्गदूतले आफ्नो बटुको घाममा खन्याए र घामले मानिसलाई पोल्ने शक्ति पायो। 9घामको चर्को रापले मानिसहरूलाई डढाइदियो। यी दु:ख, विपत्तिहरू ल्याउन सक्नुहुने परमेश्वरको नाउँलाई उनीहरूले धिक्कारे तर तिनीहरूले आफ्ना पापहरूबाट पश्चात्ताप गरेनन् र परमेश्वरको महान्ताको मान-आदर पनि गरेनन्।
10 #
प्रस्थान 10:21
पाँचौँ स्वर्गदूतले आफ्नो बटुको जनावरको सिंहासनमा खन्याए अनि त्यसको राज्य अँध्यारो भयो। मानिसहरूले दु:ख-पिरले दाँत किटे। 11उनीहरूका घाउ-खटिराहरूका दु:खले गर्दा उनीहरूले स्वर्गमा राज्य गर्नुहुने परमेश्वरलाई धिक्कारे तर आफ्ना-आफ्ना पापहरू छोडेनन्।
12 #
यशैया 11:15
छैटौँ स्वर्गदूतले आफ्नो बटुको त्यो ठूलो नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट सवारी हुने राजाहरूको लागि बाटो तयार होस् भनेर त्यो ठूलो नदी सुकिहाल्यो। 13तब त्यो अजिङ्गर, जनावर र झूटो अगमवक्ताको मुखबाट भ्यागुताजस्ता देखिने तीन अशुद्ध आत्माहरू निस्केका मैले देखें। 14यी अचम्म-अचम्मका चिन्हहरू गर्ने दुष्ट आत्माहरू हुन्। सर्वशक्तिमान् परमेश्वरको ठूलो दिनमा हुने लडाइँको लागि पृथ्वीभरिका राजाहरू जम्मा गराउन यी तीन आत्माहरू ती राजाहरूकहाँ जान्छन्।
15 #
मत्ती 24:43,44; लूका 12:39,40; प्रकाश 3:3 “सुन, म चोरजस्तो गरी आउनेछु। चङ्खो भएर बस्ने र आफ्ना लुगा जोगाएर राख्ने मानिस धन्य हो। यसरी त्यो मानिस नाङ्गो हिँड्नुपर्दैन अनि मान्छेहरूका बीच लाजमापर्नेछैन!” 16#२ राजा 23:29; जकरिया 12:11अनि हिब्रू भाषामा आर-मागेड्डोन भन्ने ठाउँमा ती दुष्ट आत्माहरूले ती राजाहरूलाई जम्मा गराइदिए।
17सातौँ स्वर्गदूतले आफ्नो बटुको आकाश-मण्डलमा खन्याए। तब परमेश्वरको मन्दिरको सिंहासनबाट एउटा ठूलो सोरले यसो भनेको सुनियो, “अब सिद्धियो।” 18#प्रकाश 8:5; 11:13,19त्यहाँबाट बिजुली चम्क्यो, गड्याङ-गुडुङको आवाज आयो र भयङ्कर भूइँचालो गयो। यति ठूलो भूइँचालो त मानिसको सृष्टि भएको दिनदेखि गएको थिएन। यो सबैभन्दा डरलाग्दो भूइँचालो थियो। 19#यशैया 51:17अनि त्यो ठूलो सहर तीन टुक्रा भयो र सबै देशका सहरहरू भत्केर नाश भए अनि परमेश्वरले त्यो ठूलो बेबिलोनलाई याद गर्नुभयो र उहाँको डरलाग्दो क्रोध त्यस सहरमाथि आइपर्यो। 20#प्रकाश 6:14सबै टापुहरू बिलाएर गए र पहाड-पर्वतहरू बेपत्ता भए। 21#प्रस्थान 9:23; प्रकाश 11:19अनि पचास-पचास किलोसम्मको असिना आकाशबाट मानिसहरूमाथि ओइरिन लागे। ती मानिसहरूले असिनाको महा-विपत्मा परेर परमेश्वरलाई धिक्कार्न लागे किनभने साँच्चै त्यो डरलाग्दो विपत्ति थियो।
अहिले सेलेक्ट गरिएको:
प्रकाश 16: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: