प्रकाश 17

17
त्‍यो महा-वेश्‍या
1 # यर्मिया 51:13 सात बटुका भएका सात स्‍वर्गदूतहरूमध्‍ये एउटाले मेरो छेउमा आएर भने, “आऊ र त्‍यो महा-वेश्‍याले कसरी सजाय पाउनेछे भनी म तिमीलाई देखाउनेछु। त्‍यस महा-वेश्‍या धेरै नदीहरूका छेउमा बनेको महानगर हो। 2#यशैया 23:17; यर्मिया 51:7संसारका राजाहरूले त्‍योसित गएर व्‍यभिचार गर्थे र संसारका मानिसहरू जाँडले मातेजस्‍तो त्‍यो वेश्‍यासँगको व्‍यभिचारमा मातिरहेका थिए।”
3 # प्रकाश 13:1 तब म पवित्र आत्‍माले भरपूर भएँ र स्‍वर्गदूतले मलाई उजाड-स्थानमा लगे। रातो जन्‍तुमाथि चढेकी एउटी स्‍त्री मैले त्‍यहाँ देखें। त्‍यस जनावरका सात टाउका र दश वटा सिङ थिए र परमेश्‍वरलाई अपमान गर्ने नाउँहरू त्‍यसको जिउमा सबैतिर लेखिएको थियो। 4#यर्मिया 51:7त्यस स्‍त्रीले बैजनी र रातो चहकिलो पोशाक लाएकी थिई र सुन, बहुमूल्‍य मणि र मोतीहरूका गहनाहरूले जिउभरि सिँगारिएकी थिई। त्‍यसले हातमा सुनको एउटा बटुका समाइरहेकी थिई। त्‍यो बटुकाचाहिँ त्‍यसको व्‍यभिचारका अनेक फोहोर र घिनलाग्‍दा कुराले भरिएको थियो। 5एउटा गुप्‍त अर्थ भएको नाउँ त्‍यसको निधारमा लेखिएको थियो, “महा-बेबिलोन, संसारका सबै वेश्‍या र घिनलाग्‍दा काम गर्नेहरूकी आमा!” 6परमेश्‍वरका भक्त र येशूका विश्‍वासी साक्षीहरूका रगत पिएर त्‍यो स्‍त्री मातेकी थिई।
त्‍यसलाई देखेर म छक्‍क परें। 7“तिमी किन छक्‍क पर्‍यौ?” स्‍वर्गदूतले मलाई सोधे। “त्‍यो स्‍त्री र त्‍यसलाई बोक्‍ने सात टाउका र दश सिङ भएको जनावरको रहस्‍यको अर्थ म तिमीलाई बताउँछु। 8#दानिएल 7:7; प्रकाश 11:7; भजनसंग्रह 69:28त्‍यो जनावर पहिले जिउँदो थियो तर अहिलेचाहिँ छैन। त्‍यो गहिरो भड्खालाबाट निस्‍कनेछ र नष्‍ट हुनेछ। संसारको सृष्‍टि पहिले जीवनको पुस्‍तकमा नाउँ नलेखिएका संसारका मानिसहरूले त्‍यो जनावर देखेर अचम्‍म मान्‍नेछन् किनभने त्‍यो जिउँदो थियो, अहिले मरेको छ। तर त्‍यो फेरि देखापर्नेछ।
9“यो कुरा बुझ्‍न ज्ञान र बुद्धि चाहिन्‍छ। जनावरका सात टाउकाचाहिँ सात डाँडा हुन्, जसमा त्‍यो स्‍त्री बसेकी छे। ती सातै राजा पनि हुन्, 10जसका पाँच जना पतन भइसकेका छन्। एक जना छँदैछ र एक जना आउन बाँकी छ। उसले आएर थोरै समयको लागि मात्र राज्य गर्नेछ। 11अनि त्‍यो जनावर, जो पहिले जिउँदो थियो तर अब छैन, त्‍यो आठौँ राजा हो तापनि त्‍यो सातमध्‍ये पनि एक हो र त्‍यसको नाश हुनेछ।
12 # दानिएल 7:24 “तिमीले देखेका दश सिङचाहिँ दश राजाहरू हुन्, तर उनीहरूले चाहिँ राज्य गर्न सुरु गरेका छैनन्। उनीहरूले एक-एक घण्‍टा गरेर त्‍यो जनावरसित राज्य गर्ने अधिकार पाउनेछन्। 13यी दश राजाको एउटै उद्देश्‍य छ र उनीहरू सबैले आफ्‍ना शक्ति र अधिकार त्‍यो जनावरलाई दिन्‍छन्। 14उनीहरू थुमाको विरोधमा लड्‍नेछन्, तर थुमाले आफ्‍ना बोलाइएका, छानिएका र विश्‍वासी भक्तहरू लिएर उनीहरूलाई जित्‍नुहुनेछ किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्‍छ।”
15स्‍वर्गदूतले मलाई यो कुरा पनि भने, “त्‍यो वेश्‍या बसेको समुद्र जो तिमी देख्‍दै छौ, त्‍यो विभिन्‍न जाति, देश र भाषाका मानिसहरू हुन्। 16तिमीले देखेका दश सिङ र त्‍यो जनावरले त्‍यो वेश्‍यालाई घृणा गर्नेछन् र त्‍यसका सबै कुरा खोसी त्‍यसलाई नाङ्गै पारेर त्‍यसको मासु खानेछन् र आगोले भस्‍म पार्नेछन् 17किनभने परमेश्‍वरले तिनीहरूलाई आफ्‍नो उद्देश्‍य पूरा गर्ने मन दिनुभएको छ अनि परमेश्‍वरले भन्‍नुभएको वचन पूरा नभएसम्‍म तिनीहरूले एक मत भएर काम गर्नेछन्, राज्य गर्ने आफ्‍ना अधिकार त्‍यस जनावरलाई दिनेछन्। 18तिमीले देखेको वेश्‍या संसारका सबै राजाहरूमाथि शासन गर्ने महानगर हो।

अहिले सेलेक्ट गरिएको:

प्रकाश 17: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्