कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 5
5
1हामी जान्दछौं, यस धर्तीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ। 2हामीलाई हाम्रो वर्तमान घरमा वाक्क दिक्क लागिसकेको छ अनि स्वर्गीय घर पाउने इच्छा गरिरहेका छौं अनि परमेश्वरले हामीलाई दिनु हुनेछ। 3त्यो हामीलाई पहिर्याई दिइनेछ र हामी नाङ्गो हुने छैनौं। 4जतिन्जेल हामी यस शरीरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोड्न चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ। 5परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ। अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनु भएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनु हुनेछ।
6यसैकारण हामी सधैँ भरोसामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं। 7हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन। 8त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यहीं बस्न खोज्छौं। 9हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं। 10न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।
मद्दतकारी मानिस परमेश्वरका मित्र बन्छन्
11परमप्रभुको डरको अर्थ हामी जान्दछौं। यसरकारण मानिसलाई सत्य ग्रहण गर्न हामी सघाउँछौं। हामी वास्तवमा के हौं, परमेश्वर जान्नुहुन्छ। अनि म आशा गर्छु तिमीहरू पनि आफ्नो हृदयमा हामीलाई जान्दछौ। 12हामी आफूलाई तिमीहरू अघि प्रमाणित गर्ने कोशिश फेरि गर्दैनौं तर हामी तिमीहरूलाई आफ्नैं बारेमा भन्दैछौं। हाम्रा बारेमा किन गर्वित बन्ने कारणहरू तिमीहरूलाई दिंदैछौं। तब बाहिरी कुराहरूमा जो देखिन्छन् गर्व गर्नेहरूको निम्ति तिमीहरूलाई जवाफ हुनेछ। कसको हृदयमा के छ ती मानिसहरूले वास्ता राख्दैनन्। 13यदि हामी पागल हौं भने, त्यो परमेश्वरकोलागि हो। यदि हाम्रो मन ठीक छ भने, त्यो तिमीहरूको लागि हो। 14ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो। 15ख्रीष्टले सबैको लागि प्राण दिनु भयो जसमा कि अब उसो जो बाँचेकाछन् तिनीहरू आफ्नोलागि मात्र बाँच्न हुँदैन। उहाँले तिनीहरूकै लागि प्राण दिनुभयो औ तिनीहरूकोलागि बौर्याइनु भयो, यसर्थ ती मानिसहरू उहाँको लागि बाँच्नु पर्छ।
16अब उसो संसारले मानिसहरूलाई जस्तो सम्झन्छ त्यस्तो हामी मानिसहरूलाई सम्झने छैनौं। साँच्चो हो, हामीले पनि पहिले ख्रीष्टलाई संसारले सम्झे जस्तै सम्झन्थ्यौं तर अब हामी त्यसरी सम्झँदैनौं। 17यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ मानिस बनिएको छ। पुराना कुराहरू बितेर गए, हरेक कुरो नयाँ छ। 18यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो। 19मेरो भन्नुको तात्पर्य संसार र आफू माझ शान्ति बनाउँदै परमेश्वर ख्रीष्टमा हुनुहुन्थ्यो। ख्रीष्टमा परमेश्वरले मानिसहरूलाई तिनीहरूको पापहरूका निम्ति दोषी ठहराऊनु भएन। अनि उहाँले मानिसहरूलाई भन्नुलाई हामीलाई यो शान्ति समाचार दिनु भयो। 20यसर्थ हामी ख्रीष्टको पक्षमा बोल्न पठाइएका छौं। यो मानिसहरूलाई परमेश्वरले हामी मार्फत बोलाउनु भएको जस्तै हो। हामी ख्रीष्टको निम्ति बोल्छौं अनि परमेश्वरसित शान्ति कायम गर्न तिमीहरूलाई विन्ती गर्छौं। 21ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।
अहिले सेलेक्ट गरिएको:
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 5: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International