एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घट्ना घट्यो। एउटी नोकर्नी केटीले हामीलाई भेटी। उभित्र एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकर्नीले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउँथि। त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन्! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइरहेछन।” उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले ऊ फर्कियो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो। यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीले पैसा कमाउन सक्तिनँ। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्याए जहाँ शहरका अधिकारीहरू थिए। पावल र सिलासलाई पक्रेर ल्याए अनि हाकिमहरूलाई भने, “यी मानिसहरू यहूदी हुन्। यिनीहरूले हाम्रो शहरमा गडबडी गराईरहेछन्। यिनीहरूले रीति-थितिहरू सिकाउँदैछन जो हामीलाई ग्रहण गर्न अनुमति छैन्। हामी रोमन नागरिकहरू हौं र ती कुराहरू गर्न सक्तैर्नौ।” भीडले मानिसहरूलाई पावल र सिलासमाथि आक्रमण गर्न साथ दियो। त्यहाँका हाकिमहरूले पावल र सिलासको लुगाहरू च्याती दिए र मानिसहरूलाई कुट्ने आदेश दिए। तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!” जेलको अधिकारीले त्यस्तो विशेष आदेश सुनेपछि पावल र सिलासलाई निक्कै भित्र पुग्ने जेलमा थुने। उनले तिनीहरूका खुट्टा ठिङ्गुरामा कसे। मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने। अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए। जब जेल अधिकारी जागे। उनले जेलका सबै ढोकाहरू खोलिएका देखे। कैदीहरू अघि नै भागी सेकको कुरा उसले सोच्यो। यसकारण तरवार निकालेर जेल अधिकारी आफैंलाई मार्न तयार भएको थियो। तर पावल चिच्यायो, “आफैंलाई घात नगर। हामी सबै जना यहीं छौं।” जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि ऊ डरले काम्दै भित्र दौड्यो ऊ पावल र सिलासको सामु लड्यो। त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?” तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमी र तिम्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।” यसर्थ पावल र सिलासले प्रभुको सन्देश जेल अधिकारी र उसको घरमा भएका सबैलाई भने। निक्कै रात छिप्पिसकेको थियो, त्यसकारण जेल अधिकारीले पावल र सिलासलाई ल्याएर तिनीहरूका घाउहरू धोइदिए। तुरन्तै जेल अधिकारी र उसका जम्मै कुटुम्बलाई बप्तिस्मा दिइयो।
प्रेरितहरूका काम 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरितहरूका काम 16:16-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू