होशेको पुस्तक 7
7
1“जब म इस्राएललाई निको पार्छु,
तब एप्रैमको दुष्टता र सामरियाको कु-कर्म उदाङ्गो हुनेछन्,
किनभने तिनीहरूले दुर्रव्यवहार गरे।
चोरहरूले घर फोर्छन् अनि लुटेराहरू बाटोमा लुटपाट गर्छन्।
2तर म तिनीहरूका सबै दुष्टकाम याद राख्दछु भनी,
तिनीहरू आफ्ना हृदयमा विचार गर्दैनन्।
अब तिनीहरूको आफ्नै कालले तिनीहरूलाई घेरेर राखेको छ।
ती कामहरू मेरै सामने छन्।
3तिनीहरू आफ्ना दुष्ट कामले राजालाई
र मालिकहरूलाई झूटा कुराले खुशी तुल्याउँछन्।
4तिनीहरू सबै व्यभिचारी हुन्।
तिनीहरू रोटी पकाउनेले,
तातो पारेका तावा जस्तै छन्।
त्यसले पीठो मुछेको समयदेखि
त्यो रोटी नपाकुन्जेल आगो
चलाउँदै मिलाउँदै चलाउँदै गर्छ।
5हाम्रा राजाको उत्सवको दिनमा
अगुवाहरू ज्यादै पिएर मात्छन्।
अनि राजा गिल्ला गर्नेहरूसित मिल्नु हुन्छ।
6ढुकेर बस्दा तिनीहरूको मन चुलो जस्तै जल्दछ,
किनकि चुलो जस्तै तिनीहरूका हृदय छल-युक्तिले जल्दछ।
रातभरि तिनीहरूका रिस दन्किरहन्छ,
बिहान त्यो जल्दै गरेको आगोझैं हुन्छ।
7तिनीहरू सबै चुलो झैं तातिन्छन्
र आफ्ना शासकहरूलाई भस्म पार्छन्।
तिनीहरूका सबै राजाहरू मारिए।
तिनीहरू मध्ये कसैले पनि मेरो प्रार्थना गर्दैनन्।”
इस्राएलले जान्दै यो नष्ट हुनेछ
8“एप्रैम चाँहि अन्यजातिका बीचमा मिसिन्छ।
एप्रैम एकापट्टि मात्र पाकेको रोटी जस्तै छ।
9पराई मानिसहरूले त्यसको बललाई नाश पारे,
तर त्यसलाई यो याद छैन।
त्यसका टाउकोमा फाट-फूट फूलेका केश देखिनलागे,
तर त्यसलाई त्यो थाहा छैन।
10इस्राएलको अहंकारले
आफ्नै विरूद्धमा साक्षी दिन्छ,
तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वर तिर फर्कदैनन
न त उहाँको खोजी गर्दछन्।
11एप्रैम बुद्धि नभएको मूर्ख ढुकुर जस्तै छ।
मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्,
अश्शूरमा तिनीहरू जान्छन्।
12जब तिनीहरू जान्छन्,
म तिनीहरूमाथि आफ्नो जाल फिजाउँनेछु,
म तिनीहरूलाई आकाशका चराहरूलाई जस्तै तल झार्नेछु।
अरू राष्ट्रहरूसँग सन्धि गरेकोमा
म तिनीहरूलाई दण्ड दिनेछु।
13तिनीहरूलाई धिक्कार!
किनभने तिनीहरू मबाट तर्किएर गए।
तिनीहरूमाथि विनाश आओस्।
किनभने तिनीहरू मेरो विरूद्धमा गए।
मैले तिनीहरूलाई बचाउँने थिएँ,
तर तिनीहरू मेरो विरूद्धमा ढाँट्छन्।
14तिनीहरू हृदयबाट मलाई बोलाउँदैनन,
तर तिनीहरू आफ्नो ओछ्यानमा विलाप गर्दछन्।
तिनीहरू अन्न र दाखरसका निम्ति भेला हुन्छन्
तर तिनीहरू मदेखि टाढा भाग्छन्।
15यद्यपि मैले तिनीहरूलाई शिक्षा दिएँ,
र तिनीहरूका पाखुरा बलियो बनाएँ,
तापनि तिनीहरू मेरो विरूद्धमा युक्ति गर्दछन्।
16तिनीहरू देवताहरूपट्टि फर्कन्छन्,
जो वास्तविक देवताहरू होइनन्।
तिनीहरू काठको प्रत्यावर्ती क्षेप्यास्त्र जस्तै हुन्।
तिनीहरूका अगुवाहरू,
तिनका क्रोघ पूर्ण वचनले गर्दा तरवारले मारिनेछन्।
मिश्रदेशमा तिनीहरूलाई खिसी गरिइएको कारण यही हो।
अहिले सेलेक्ट गरिएको:
होशेको पुस्तक 7: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International