यशैयाको पुस्तक 63
63
परमप्रभुले आफ्नो मानिसको न्याय गर्नुहुन्छ
1एदोमबाट को आइरहेछ?
ऊ बोज्राबाट आउँदछ।
अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्।
उसको तेजस्वी उसकै पोशाकहरूमा छ।
ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ।
उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ।
अनि म सत्य बोल्छु।”
2“किन तिम्रो पोशाकहरू चहकिलो रातो छ?
तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन्,
जो दाखहरूमाथि हिंड्छन् र त्यसको दाखरस बनाउँदछन्।”
3उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिएर हिँड्दै पिस्दैछु।
मलाई कसैले पनि सहायता गरेनन्।
म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिँडे।
मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिएर पर्यो।
यसैले मेरा लुगाहरू मैला भयो।
4मैले मानिसहरूलाई दण्ड दिने समय रोजें।
मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।
5मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सहाअता गर्ने देखिएनन्।
मलाई कसैले सहाअता नगरेको देखेर छक्क परें।
यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरें।
मेरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो।
6म रिसाएको बेला, मानिसहरूमाथि हिँडें।
म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ।
मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”
परमप्रभु आफ्ना मानिसहरू प्रति कृपालु हुनुहुन्छ
7मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु।
म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु।
परमप्रभुले इस्राएलका मानिसहरूलाई
धेरै राम्रो चीजहरू दिनु भयो।
परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ।
परमप्रभुले हामीलाई दया देखाउनु भयो।
8परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्।
तिनीहरू मेरा खास मानिसहरू हुन्।”
यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।
9मानिसहरूसँग धेरै कष्टहरू थिए,
तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्।
परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो।
अनि उनीहरू प्रति दु:खी हुनुभयो।
यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो,
उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो।
उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो,
अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।
10तर मानिसहरू परमप्रभुको विरूद्ध उठे।
तिनीहरूले पवित्र आत्मालाई दु:खित बनाए।
यसकारण उनीहरू परमप्रभुको शत्रु भए
परमप्रभुले ती मानिसहरू विरूद्ध लडाइँ गर्नु भयो।
11तर धेरै बर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ।
उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ।
परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो।
परमप्रभुले आफ्ना भेंडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो।
तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो,
अहिले कहाँ हुनुहुन्छ?
12परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो।
मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो।
परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो
ताकि मानिसहरू समुद्रबाट हिँड्न सकुन्।
त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो।
13परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो।
मानिसहरू नडुबीकन पानीमाथि हिंडे
जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।
14एउटा गाई खेतमा हिँड्दा सजिलै लड्दैन।
यस्तै प्रकारले समुद्रमा हिँड्दा मानिसहरू लडेनन्।
परमप्रभुको आत्माले मानिसहरूलाई विश्रामको ठाउँमा लादैं थियो।
सब समय मानिसहरू सुरक्षित थिए।
परमप्रभु त्यही नै बाटो हो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो
अनि तपाईंको प्रशंसायोग्य नाउँ महिमीत पार्नुभयो।
आफ्ना मानिसहरूलाई साथ दिनलाई परमेश्वरप्रति प्रार्थना
15परमप्रभु, र्स्वगबाट तल र्हुर्नुहोस्।
ती कुराहरू अब घटिरहेको देख्नुहुन्छ।
तपाईंको महान र पवित्र स्वर्गको घरबाट तल हामीतिर हेर्नुहोस।
तपाईंको प्रगाढ प्रेम हाम्रो लागि काहाँछ?
तपाईंको भित्री आत्माबाट आउने प्रवल शक्ति कहाँ छ?
तपाईंको दया म प्रति छ?
किन मबाट तपाईंको आफ्नो करूणामय प्रेम लुकाउनु हुन्छ?
16हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ!
अब्राहामले हामीलाई जान्दैनन्।
याकूबले हामीलाई चिन्दैन।
हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ।
तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैँ बचाउनु हुन्छ।
17हे परमप्रभु, तपाईंले आफूबाट हामीलाई किन टाढा घचेटिरहनु भएको छ?
तपाईंको अनुशरण गर्न हामीलाई किन वन्चित गराउनु भयो?
हामीकहाँ फर्केर आउनु होस् परमप्रभु।
हामी तपाईंका दासहरू हौं।
हामीकहाँ आएर हामीलाई साथ दिनुहोस्,
हाम्रा सन्तानहरू तपाईंकै सम्पत्ति हुन्।
18तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे।
त्यसपछि हाम्रा शत्रुहरूले तपाईंको पवित्र मन्दिरमा कुल्चेर हिँडे।
19केही मानिसहरू तपाईंद्वारा शासित भएनन्।
ती मानिसहरू तपाईंको नाउँ लिँदैनन्।
अनि धेरै समय पहिला,
हामी त्यस्ता खालका मानिसहरू थियौं।
अहिले सेलेक्ट गरिएको:
यशैयाको पुस्तक 63: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International