YouVersion लोगो
खोज आइकन

अय्यूबको पुस्तक 41

41
1“अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ?
त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?
2त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ?
अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?
3के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ?
के ऊ तिमीसँग नम्र भाषामा बोल्ने छ?
4के लेबीयथानले ‘तिम्रो सेवा सधैँ गर्छु’ भनेर
समझौता र वाचा खाएको छ?
5के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ?
के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?
6के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ?
के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूलाई बेच्छन्?
7के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?
8“अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ।
अब हुने युद्धको बारेमा बिचार गर।
9के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ?
ठीकै छ यसलाई भूल! त्यहाँ आशा छैन।
खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।
10कुनै मानिस पनि त्यस्तो वीर छैन्, जसले त्यसलाई उठाउँछ।
र त्यसलाई रिस उठाउँछ।
“ठिक, त्यसरी नै मेरो विरूद्ध पनि कुनै मानिस उठ्न सक्तैन।
11म कोहीसँग पनि ऋणी छैन।
स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।
12“अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु,
उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।
13कसैले पनि उसको छाला छेड्न सक्तैन।
उसको छाला ढाल बराबर छ।
14कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन।
उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँछ।
15त्यसको ढाड बलियो गरी जोडिएका
ढालहरू झैं बलियो छ।
16ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन्
कि त्यसबाट हावासम्म छिर्न सक्तैन।
17ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समेटिएका छन्
कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।
18जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ।
उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।
19आगोको अगुल्टोहरू बलेको जस्तै
ज्वाला उसको मुखबाट बाहिर आउँदछ।
20पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो
लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ।
21अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ
लेबीयथानको सासले कोईला जलाउँदछ।
22लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ,
विपदहरू त्यो देखि डराएर भाग्दछन्।
23त्यसको छालामा कतै पनि नरम भाग हुँदैन
त्यो फलाम जस्तो कडा हुन्छ।
24लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ।
त्यससँग डर भनेको रत्तिभर हुँदैन।
यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।
25जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्।
जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।
26तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ
तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।
27लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ।
त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।
28काँडले लेबीयथानलाई भगाउन सक्तैन।
ढुङ्गाहरू पनि उसका निम्ति पराल झैं हुन्छन्।
29जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ
त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँछन्।
30लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन।
उसले हलोले झैं जमीन फुटाउँछ।
31लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ।
त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँछ।
32जब लेबीयथान पौडिन्छ त्यसले आफू पछाडि बाटो छाड्दछ।
त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फींज छोड्छ।
33लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन
त्यो भयरहित बनाइएको प्राणी हो।
34लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ।
त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो।
अनि म, परमेश्वरले, लेबीयथान सृष्टी गरें।”

अहिले सेलेक्ट गरिएको:

अय्यूबको पुस्तक 41: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्