YouVersion लोगो
खोज आइकन

योएलको पुस्तक 1

1
सलहहरूले देशलाई उजाड पारे
1पतुएलको छोरा योएलले परमप्रभुको यो वचन प्राप्त गर्यो:
2हे अगुवाहरू हो, यो वचन सुन!
हे यो देशका सबै बासिन्दाहरू हो!
तिमीहरू मेरो कुरामा ध्यानदेऊ।
के तिमीहरूको जीवनकालमा पहिला कहिल्यै,
यस्तो भएको थियो? अँहँ थिएन!
के तिमिहरूका पिता-पुर्खाहरूको समयमा कहिल्यै,
यस्तो घटना घटेको थियो? अँहँ थिएन!
3तिमीहरूका छोरा-छोरीहरूलाईयो कुरा बताऊ,
अनी तिम्रो छोरा-छोरीहरूले उनीहरूका छोरा-छोरीहरूलाई बताउँने छन्।
तिमीहरूको नाति-नातीनाले आफ्ना आउने पुस्तालाई बताउने छन्।
4जे कुरो काट्ने सलहहरूले छोडेका थिए,
सबै बगाले सलहहरूले खाए।
अनि जेकुरा बगाले सलहहरूले छोडेका थिए,
ती सबै उफ्रने सलहहरूले खाए।
जे उफ्रने सलहहरूले छोडेका थिए,
ती सबै विनासकारी झुसुले सलहहरूले खाए।
सलहहरू आइपुग्न थाले
5हे मतवालाहरू! जाग अनि रोऊ!
तिमीहरू सबै दाखरस पिउनेहरू हो!
जोडसित रोऊ किनभने तिमीहरूको मिठो दाखरस अब छैन।
अब तिमीहरूले मिठो नयाँ दाखरस पाउने छैनौ।
6एउटा ठूलो अनी शक्तीशाली जातिले
मेरो देशलाई आक्रमण गरेका छन्।#1:6 एउटा … गरेका छन् सम्भवत सलहहरूले विनाश गरे झैं। (हुन सक्छ योएलले यहाँ शत्रुको सेनाहरूको कुरा गरिरहेका छन्।)
तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्।
तिनहरूका दाह्राहरू सिंहीनीका जस्तै छन्।
7ती मानीसहरूले मेरो दाख बारीहरू नष्ट पारिदिए।
दाखको बारी ओइलायो त्यसपछि मर्यौ।
ती मनिसहरूले मेरो राम्रो नेभाराका बोटहरू नष्ट पारिदिए।
बोटको बोक्रा समेत उप्काई नाङ्गो पारेर फालिदिए।
मानिसहरू रून्छन्
8कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ।
जसले लोग्नेको निम्ति भाङ्‌ग्रा लगाएकीछे,
जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ।
9पूजाहारीहरू परमप्रभुका सेवकहरू रोऊ।
किनभने अब अन्नबली, र अर्घबली परमप्रभुलाई चढाईनेछ।
10खेत उजाड पारीएकोछ।
यहाँ सम्म कि खेत पनि रुँदैछ।
किनभने अन्नहरू सबै नष्ट भयो
नयाँ दाखरस सुख्खा भयो
अनि भद्राक्षेको तेल पनि समाप्त भयो।
11हे किसानहरू! निरास हौ।
हे दाखवरीका किसानहरू अच्काली विलाप गर!
गहुँ र जौंको निम्ति विलाप गर
किनकि खेतको फसलहरू नष्ट भएकोछ।
12दाखको बोट सुकाइयो
अनि नेभाराको बोट ओइलाएकोछ।
अनार, खजुर अनि स्याउका बोटहरू सुकाइयो।
बारिका सबै रुखहरू सुकेका छन्।
मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।
13हे पूजाहरीहरू! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर।
हे वेदीका सेवकहरू हो! विलाप गर।
हे मेरा परमेशवरका सेवकहरू! तिमीहरू भाङ्ग्रा लाएर सुत।
किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।
सलहहरूद्वारा डरलाग्दो विनाश
14उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरूलाई बोलाऊ। सभामा अगुवाहरू र यो देशका सबै बासिन्दाहरूलाई भेला गराऊ। उनीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।
15त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ। 16हाम्रो खाने भोजन हाम्रो आँखाले हेर्दा हेर्दै हरायो। हाम्रो परमेश्वरको भवनबाट आन्नद र हर्ष हराएर गयो। 17हामीले बिऊहरू त रोपेका थियौं तर जमीनमानै सुकेर मर्यो। हाम्रो बोट बिरुवा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरू खाली भयो अनि नष्ट भएर गयो।
18हाम्रा पशुहरू भोकले कराइरहेकाछन्। हाम्रा गाई-गोरूका बथान यता-उता छरपष्ट भए। तिनीहरूले घाँस खान पाउँदैनन्। भेंडा़हरू पनि मरिरहेका छन्। 19हे परमप्रभु! म तपाईंलाई सहायताको निम्ति प्रार्थना गर्दैछु। किनकि हाम्रो हरियो मैदानहरू आगोले मरुभूमि बनाइदियो। मैदानका सबै रूखहरू आगोको ज्वालाले जलाई दिए। 20वन पशुहरू पनि तपाईंको सहायता चाहन्छन्। नदीहरू सुकी सके, कतै पनी पानीको नाउँ निशान छैन। आगोले हाम्रो हरियाली मैदनलाई मरुभूमि बनाई दियो।

अहिले सेलेक्ट गरिएको:

योएलको पुस्तक 1: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्