हितोपदेशको पुस्तक 27
27
1तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।
2आफ्नो प्रशंसा अरूहरूले गरून्, आफैंले होइन।
3ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ।
4रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?
5लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।
6साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।
7अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ।
8आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।
9अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददगयता हृदय देखि दिएको सल्लाहबाट आउँछ।
10आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।
11हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।
12बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए र सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ।
13एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।
14प्रभात स्वागतको लागि जसले छिमेकीको निन्द्रा बिच्क्याउँन जान्छ उसले श्राप पाउँछ।
15एउटा कचकचे, झगडा़लु, पत्नी बर्षाको दिनमा पानी चुहुने छाना जस्तै हो। 16उसलाई रोक्न कोशीष गर्नु हावालाई चल्नुबाट रोक्न कोसिस गर्नु जस्तै अथवा हातहरूले तेल व्यर्थै समात्न प्रयास गर्नु जस्तै हो।
17जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।
18जसले अन्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।
19जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।
20जसरी चिहान कहिल्यै भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।
21सुन र चाँदी आगोद्वारा जाँचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।
22मूर्खलाई जाँतोमा पिँधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोड्दैन।
23तिमी निश्चित हौ की तिम्रो भेंडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ। 24सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन। 25जब घाँस काटिन्छ र नयाँ पलाउँछ र पहाडको डाँडा-काडाँमा पराला जम्मा गरिन्छ। 26तब थुमाहरूबाट तिम्रो लुगाफाटा प्राप्त हुनेछ, भेंडाहरूबाट खेत किन्न सक्ने छौ। 27बाख्राको दूध तिम्रो घर परिवारको लागि र तिम्रो नोकर्नीहरूको भरण पोषणको लागि प्रयाप्त हुनेछ।
अहिले सेलेक्ट गरिएको:
हितोपदेशको पुस्तक 27: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International