भजनसंग्रह 120
120
मन्दिरतर्फ गइरहेको बेलाको गीत वा भजन।
1म सङ्कटमा थिएँ,
मैले परमप्रभुको सहायता मागें।
अनि उहाँले मलाई बचाउनु भयो!
2हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस्,
जसले मेरो बारेमा झूटो बोलें।
ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।
3झूटो बोल्नेहरू, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ?
जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।
4सैनिकको तीखो बाणले
र तातो कोइलाहरूले दण्ड दिनेछ।
5तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो
केदारको पालहरूभित्र बसिरहेका छौ।
6म शान्ति घृणा गर्ने मानिसहरूसँग
धेरै समय सम्म बसें।
7मैले भने म शान्ति चाहन्छु,
यसकारण तिनीहरूले युद्ध चाहे।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 120: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International