भजनसंग्रह 128
128
मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।
1परमप्रभुको सबै भक्तजनहरू खुशी छन्।
ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्।
2तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ।
तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।
3घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलदायक हुनेछ।
तिम्रा छोरा-छोरीहरू टेबल वरिपरि,
तिमीले रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।
4परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँच्चो रूपमा आशीर्वाद दिनुहुनेछ।
5सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्।
तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक।
6अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मरून्जेल सम्म बाँच्नेछौ।
इस्राएल मा शान्ति कायम रहोस्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 128: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International